२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

जेन–जी आन्दोलन : एकाएक चुलिएको चार गुरुङको चर्चा

प्रकाशित मिति : २०८२ आश्विन ४ गते

काठमाडौं / नेपालको समसामयिक राजनीतिक र सामाजिक परिदृश्यमा अहिले ‘चार गुरुङ’ को नाम अत्यधिक चर्चामा रहेको छ । राजनीतिक निर्णयदेखि आन्दोलनको नेतृत्व, निजी क्षेत्रको योगदानदेखि जेलभित्रको नैतिकताको बहसमा चार गुरुङको चर्चा शीर्ष स्थानमा छाएको छ ।

यी चार पात्र हुन् पृथ्वीसुब्बा गुरुङ (निवर्तमान सञ्चारमन्त्री), सुदन गुरुङ ९जेन–जी समूहका नेता०, मीनबहादुर गुरुङ (भाटभटेनी सुपर मार्केटका सञ्चालक) र राजीव गुरुङ उर्फ दीपक मनाङे (गण्डकी प्रदेशका निलम्बित सांसद) । यी चार गुरुङको पृष्ठभूमि फरक–फरक भए पनि उनीहरूलाई एउटै धागोले बाँधेको छ, देशव्यापी रूपमा चर्चा र बहसमा ।

- ADVERTISEMENT -

Advertisement

पृथ्वीसुब्बा गुरुङ –
विवादको आँधी ल्याउने निर्णय गर्नेमध्येका मुख्य पात्र हुन् पृथ्वीसुब्बा गुरुङ । निवर्तमान सञ्चारमन्त्री गुरुङलाई केही समयअघिसम्म स्थिर र अपेक्षाकृत कम विवादित नेताका रूपमा चिनिन्थ्यो । तर, सामाजिक सञ्जाल बन्द गर्ने अप्रत्याशित निर्णयले उनी एकाएक राष्ट्रव्यापी बहसको केन्द्रमात्र बनेनन्, उनलाई भविष्यमा थला पार्ने गरी विवादितसमेत बनायो ।

यो निर्णय सरकारको नाममा भए पनि यसको प्रमुख योजनाकार र सञ्चार क्षेत्रका जिम्मेवार मन्त्रीका हैसियतमा उनीमाथि सबैको नजर पर्‍यो । फेसबुक, युट्युबलगायत २५ सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने सरकारी कदमले सहरदेखि गाउँसम्म ठूलो प्रतिवाद गर्न बाध्य बनायो ।

यसलाई कसैले ‘राष्ट्रिय सुरक्षाको पक्षमा आवश्यक कदम’ भन्ने प्रतिक्रिया दिए त कसैले ‘अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार’ भन्दै सडकमा विरोध जनाए । सरकार पक्षले यसको बचाउ गर्दै भने, ‘अत्यधिक गलत सूचना र नकरात्मक सन्देश फैलाउने सामग्रीले समाजमा अराजकता बढेको थियो, मन्त्रीले जिम्मेवार भएर उक्त निर्णय गरेका हुन् ।’

निवर्तमान मन्त्री गुरुङको यो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दियो, सरकार अधिनायकवादी बाटोमा गयो भनेर देशभर आलोचना र आक्रोशको बीउ रोप्ने कामसमेत गर्यो । यो निर्णयले पृथ्वीसुब्बालाई राजनीतिक वृत्तमा कहिल्यै नमेटिने गरी विवादास्पद पनि बनाइदियो ।

सुदन गुरुङ –
यतिबेला जेन–जी आन्दोलनदेखि सत्ता समीकरणसम्म सुदन गुरुङको नाम चर्चामा छ । जेन–जी समूहको आन्दोलनसँग गहिरो रूपमा जोडिएका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधारदेखि काठमाडौंसम्म फैलिएको आन्दोलनमा नेतृत्वकर्ताको भूमिकामा देखिए ।

उनको राजनीतिक यात्राले देशको सत्ता संरचनासम्ममा असर पार्‍यो । आन्दोलनमा देखाएको दृढताले उनलाई राष्ट्रियस्तरमा चिनायो । आन्दोलनको दबाबमा प्रधानसेनापतिदेखि प्रधानमन्त्री सुशीला कार्की उनीसँग वार्ता गर्न बाध्य भएका थिए । वार्तामा गुरुङको उपस्थिति निर्णायक रह्यो ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेन–जीका मागहरू बुझाए । त्यसपछि सेनाप्रमुखसँग पनि भेटघाट गरेर सुरक्षासम्बन्धी गुनासाहरू राखे । यसरी आन्दोलनकारी, प्रधानमन्त्री र सेनाप्रमुखबीचको संवादमा गुरुङको भूमिकाले सेतुको काम गरेको देखियो ।

राजनीतिक विश्लेषक डा।राजेन्द्र शर्मा भन्छन्, ‘सुदन गुरुङले सडक र राज्यबीच पुलको काम गरेका छन् । उनको भूमिका संघर्ष र सहमतिको मि श्रण जस्तो देखिन्छ ।’ सुदनको उपस्थिति बढी प्रभावशाली हुन खोजेकाले राज्य संयन्त्रमा यसले अराजकता बढाएको उनको भनाइ छ ।

मीनबहादुर गुरुङ –
व्यापार व्यवसाय जगतका चर्चित नाम मीनबहादुर गुरुङले वर्षौंदेखि भाटभटेनी सुपर मार्केटमार्फत हजारौंलाई रोजगारी दिँदै आएका छन् । सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम पनि उनी नियमित सञ्चालन गर्छन् । उनको व्यवसायले राज्यलाई वार्षिक करोडौं रकम राजस्व तिरेर नेपालको अर्थतन्त्रलाई थप योगदान दिएका छन् ।

तर जेन–जी आन्दोलनको क्रममा नेपालभरका भाटभटेनीका करिब २२ वटा आउटलेटमा आगजनी र तोडफोड हुँदा उनको व्यवसाय विवादमा तानियो ।

सुपर मार्केटमा भएको आगजनी, तोडफोड र लुटपाटले अर्बौंको क्षति मात्र गरेन, यसले आन्दोलनलाई पनि नैतिक रूपमा कमजोर बनायो । मीनबहादुर गुरुङले भने, ‘यो निजी सम्पत्तिमात्र होइन, हजारौं कर्मचारीको जीवनसँग जोडिएको संस्थामा आक्रमण भयो । यो हानिकारक कदम हो ।’ यत्रो सम्पत्ति क्षति हुँदासमेत सबै कर्मचारीलाई रोजगारीबाट ननिकाल्ने र नियमित तलब दिने घोषणाले मीनबहादुरको चर्चा झन् चुलिएको छ ।

दीपक मनाङे (राजीव गुरुङ) –
आपराधिक गतिविधिमा सम्लग्न रहेको पृष्ठभूमिबाट आएका राजीव गुरुङले जेन–जी आन्दोलनको बेला जेलभित्रबाट इमानदार कैदीको छवि बनाएका छन् ।

गण्डकी प्रदेशका निलम्बित सांसदसमेत रहेका दीपक मनाङे (राजीव गुरुङ) लामो समयदेखि विवादित पात्र हुन् । विभिन्न आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका उनीबारे अहिले फेरि चर्चा छ तर यसपटक अलि फरक कारणले ।

जेन–जी आन्दोलनकै क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउने प्रयास हुँदा आन्दोलनकारीले मनाङेलाई पनि भाग्न आग्रह गरेको खबर बाहिरियो । तर उनले जेलबाट भाग्न अस्वीकार गर्दै आफूले कानुनी बाटोमै जान चाहेको स्पष्ट पारेका थिए ।

यो निर्णयले उनको छविमा अप्रत्याशित ‘नैतिकता’को रंग मात्र थपेन अन्यलाई पनि नैतिकताको पाठ सिकायो । मनाङे लामो समय आपराधिक घटनाले विवादित रहे । तर, यसपटक उनले कानुनको सम्मान गर्ने निर्णय गरेर समाजमा नै सकारात्मक सन्देश प्रवाह गरेका छन् । (यो समाचार अन्नपूर्ण पोष्टमा रत्नप्रसाद आचार्यले लेखेका छन्)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20