२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा १९ जनाको मृत्यु

प्रकाशित मिति : २०८२ आश्विन १५ गते

काठमाडौं / दक्षिणी फिलिपिन्समा मंगलबार राति शक्तिशाली ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजेतिर मिन्डानाओ टापुको डाभाओ डेल सुर प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले व्यापक क्षति पुर्‍याएको छ ।

भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएको थियो । धेरै भवनहरूमा चिरा परेका छन् भने केही भत्किएका छन् । सडक र पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक रिपोर्टहरूले देखाएका छन् । भूकम्पपछि सुनामीको चेतावनी भने जारी नगरिएको फिलिपिन्स भूकम्प तथा ज्वालामुखी विज्ञान संस्थाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सुरु गरिएको छ । स्थानीय विपद् व्यवस्थापन निकाय, प्रहरी र सेनाको टोलीले भग्नावशेषमा पुरिएकाहरूको खोजी गरिरहेका छन् ।

भूकम्पका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सञ्चार सेवामा पनि बाधा पुगेको छ । यसले उद्धार कार्यमा चुनौती थपेको छ। कतिपय दुर्गम क्षेत्रमा अझै पनि उद्धार टोली पुग्न सकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

फिलिपिन्स “प्यासिफिक रिङ अफ फायर” मा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्दछ न्। सन् २०१३ मा यसै क्षेत्रमा गएको ७।२ म्याग्निच्युडको भूकम्पले २०० भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51