Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भानु मेमोरियल नेपाली हिज्जे प्रतियोगितामा प्रथम

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते

चितवन / विज्ञहरूबाट उच्चारित शब्द कानमा ठोक्किन नपाउँदै प्रतिस्पर्धी विद्यार्थी त्यसको वर्णविन्यासअनुसार हिज्जे उच्चारण गरिहाल्थे । अर्को पटक फेरि नयाँ शब्द सोधिन्थ्यो, प्रतिस्पर्धी विद्यार्थीले त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द फटाफट भनिहाल्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । कतिबेला सबै समूहले सही उत्तर दिन्थे त कतिबेला कुनै समूहले पनि उत्तर मिलाउन सक्दैनथे ।

रेखाङ्कन गरिएका वाक्यभित्रका शब्दको शब्दवर्ग छुट्याउन लगाइँदा केही समय गमेर उत्तर दिन्थे विद्यार्थीहरु । चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीद्वारा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय नेपाली हिल्जे प्रतियोगितामा उपस्थित अन्य शिक्षक प्रतिनिधि र आमन्त्रितहरू निकै शान्तपूर्वक बसेर विद्यार्थीको उत्तर दिने शैली हेरिरहेका हुन्थे ।

- ADVERTISEMENT -

Advertisement

२९ वटा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगिताको हरेक विद्यालयबाट तीन जना विद्यार्थीको एउटा समूह रहेको थियो । अत्यन्तै कडा स्पर्धाबीच सम्पन्न प्रतियोगितामा रत्ननगरस्थित भानु मेमोरियल इङ्ग्सि बोर्डिङ स्कुलले पहिलो स्थान हासिल गरेको छ । पहिलो हुने समूहबाट सनम थापा, शुबश्री बराल र रचना खड्काले स्पर्धा गरेका थिए । पहिलो हुने विद्यालयले १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै गोल्डेन फ्युचर इङ्ग्लिस स्कुलले दोस्रो हुँदै नगद पुरस्कार सात हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यो समूहबाट आरती अधिकारी, शिवानी गुरुङ र सनम लामिछानेले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी, आयोजक अङ्कुरम् एकेडेमीका पल्लव अधिकारी, विनिशा घिमिरे र आराध्या बानियाँको समूहले तृतीय स्थान हासिल गरेको छ । तेस्रो हुने समूहले नगद पुरस्कार पाँच हजार र प्रमाण पत्र पाएको छ ।

प्रतियोगितामा वाल्मीकि शिक्षा सदनले नगद पुरस्कार तीन हजारसहित सान्त्वना स्थान सुरक्षित गरेको थियो । वाल्मीकिबाट ममता सापकोटा, अनामिका खत्री र सम्मान त्रिपाठीले स्पर्धा गरेका थिए । २९ वटै विद्यालयबाट कक्षा ७ देखि १० सम्मका विद्यार्थीले स्पर्धा गरेका थिए ।

नेपाली भाषालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले निजी विद्यालयहरू नेपाली विषयमा कमजोर भएको बजार हल्ला निराधार भएको बताइएको थियो । भाषाको श्रृवृद्धिका लागि यस्ताखाले कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिइएको थियो ।

विद्यालयका आवासीय निर्देशक र्नइम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन नेपाली विभाग प्रमुख पदमप्रसाद भुर्तेलले गरेका थिए । कार्यक्रममा पोखरा फिस्टेल एकेडेमीका नेपाली शिक्षक एवं कवि प्रेमनारायण ढकाल मुख्य निर्णायक रहेको प्रतियोगितामा ग्लोरियस एकेडेमीका भरतबाबु ढकाल र आदर्श पब्लिक स्कुलका अमृत ढकाल निर्णायक रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22