नेपालमा थप १ हजार २४६ जनामा संक्रमण पुष्टि

0
30

काठमाडौँ / नेपालमा २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी प्रवक्ता डा गौतमका अनुसार थप १२४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको भएर घर फर्किनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ ।
आइसोलेसनमा रहनेको संख्या १६२४१ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८६ पुगेको मन्त्रालयले जनाएको छ ।