Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्लाही सवारी दुर्घटना : २९ को मृत्यु, १९० जना घाइते

प्रकाशित मिति : २०८२ माघ १८ गते

बरहथवा (सर्लाही) / सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो ।

प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ । चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दूरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05