२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनको अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण कार्यक्रम

प्रकाशित मिति : २०८२ चैत्र ८ गते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं. ७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार दुई सत्रमा अभिभावक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई आत्मविश्वासी, सहनशील र खुशी बनाउँदै उनीहरूको भावनात्मक तथा व्यवहारिक आवश्यकताहरू बुझ्न सक्ने अभिभावक तयार गर्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो ।

पछिल्लो समय बालबालिकाको मानसिक स्वास्थ्य, व्यवहार र अभिभावक–बालबालिका सम्बन्धलाई सुदृढ बनाउने विषयबारे बढ्दो चासोलाई मध्यनजर गरीे कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । प्रख्यात न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (ल्ीए) प्रशिक्षक जोश बी. निरौलाको प्रशिक्षणमा सम्पन्न कार्यक्रम दुई चरणमा गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पहिलो चरणको कार्यक्रममा अङ्कुरम् एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू सहभागी भएका थिए भने दोस्रो चरणको कार्यक्रममा छिमेकी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका इच्छुक अभिभावकहरूलाई समेत सहभागी गराइएको थियो । आफ्नो सामाजिक उत्तरदायित्वलाई समुदायसम्म पु¥याउन दोस्रो चरणमा समेत प्रशिक्षण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य सुमन पौडेलका अनुसार न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ ‘मानव सोच, भाषा र व्यवहारबीचको अन्तरसम्बन्ध बुझ्ने एक प्रभावकारी मनोवैज्ञानिक तथा व्यवहारिक विधि हो जसले व्यक्तिको सोचाइ र व्यवहारलाई सकारात्मक दिशामा परिवर्तन गर्न’ सहयोग पु¥याउँछ । प्राचार्य पौडेलले अभिभावकले आफ्ना बालबालिकासँग गर्ने दैनिक व्यवहार, बोलचाल र प्रतिक्रिया नै उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण हुने बताए ।

प्रशिक्षणका क्रममा अभिभावकहरूले बालबालिकासँग प्रभावकारीरूपमा संवाद गर्ने तरिका, उनीहरूको भावना बुझ्ने सीप, विश्वास र सम्मानमा आधारित सम्बन्ध निर्माण गर्ने उपाय तथा सकारात्मक अनुशासनका अभ्यासहरूबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए । वास्तविक जीवनका उदाहरणहरू प्रस्तुत गर्दै प्रशिक्षक निरौलाले अभिभावकहरूलाई दैनिक जीवनमा लागू गर्न सकिने सरल तर प्रभावकारी विधिहरू सिकाएका थिए ।

कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो जसमा अभिभावकहरूले खुलेर आफ्ना जिज्ञासा र अनुभवहरू ‘शेयर’ गरेका थिए । उनीहरूले उठाएका विभिन्न प्रश्नहरूको प्रशिक्षक निरौलाले व्यावहारिक र सान्दर्भिक जवाफ दिएका थिए जसले कार्यक्रमलाई प्रभावकारी, रोचक र सहभागितामूलक बनाएको थियो ।

चितवनको एकमात्र ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले बालबालिकाको सर्वाङ्गीण विकाससँगै अभिभावकीय शिक्षा र सचेतनामा समेत जोड दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । विद्यालयकी निर्देशक सरला पौडेलले अभिभावक र विद्यालयबीचको सहकार्य बलियो भए मात्र बालबालिकाको समग्र विकास सम्भव हुने बताइन् ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका आवासीय निर्देशक नईम चौधरीले सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम उनकै सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षणमा सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी, प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85