चितवन / भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले शेयर सदस्य स्व. चन्द्रकला देवकोटाको परिवारलाई राहत रकम प्रदान गरेको छ ।
संस्थाले स्व. चन्द्रकलाको मृत्युपश्चात उनका पति चन्द्रकान्त देवकोटालाई बिहीबार एक कार्यक्रमका बीच आफ्नै सभाहलमा रु. २५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । शेयर सदस्य चन्द्रकलाको मंसिर २३ गते निधन भएको थियो ।
- ADVERTISEMENT -

अध्यक्ष धितालका अनुसार संस्थाले संचालन गरेको जीवन सुरक्षा कोष अन्तर्गत सदस्य कल्याण कोष मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै राहत वितरण उपसमिति संयोजक कृष्णप्रसाद सिलवाल, अध्यक्ष थिरप्रसाद धिताल, उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले संयुक्त रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेललगायत राहत वितरण उपसमितिका सदस्यहरु, शेयर सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।










































