२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

आदिवासी जनजाति महासंघद्वारा शुभकामना आदान–प्रदान

संघीय समितिका तीनलाई सम्मान तथा बधाई
प्रकाशित मिति : २०८३ बैशाख १ गते
photo : newsprabah.

– बबिलाल तामाङ
भरतपुर । चितवनमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर तीन जनालाई सम्मान गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिको ११औं केन्द्रीय महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष चन्द्रलाल राजभण्डारी तथा सचिवहरु महेन्द्र दुरा र सन्तबहादुर चेपाङलाई सोमबार सम्मान गरिएको नेपाल आदिवासी जनजाति चितवनका अध्यक्ष सागर कुमालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

महासंघले सोही अवसर पारेर जिल्ला समितिका संस्थापक अध्यक्ष ओम गौचन र पूर्वअध्यक्ष पदमबहादुर गुरूङलाई पनि सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभाका सदस्य गोविन्दराम चेपाङले विरुवामा पानी दिएर उद्घाटन गरे । प्रमुख अतिथि चेपाङले देश नयाँ मोडमा प्रवेश गरेको भन्दै आदिवासी जनजाति समुदाय नयाँ सरकारबाट आशावादी रहेको बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय समितिका सल्लाहकार मोहन स्याङ्बो, नेपाल आदिवासी युवासंघ चितवनका अध्यक्ष दिपक प्रजा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरुङ, नेपाल मगर संघ चितवनका पूर्व अध्यक्ष ठाकुरसिंह आले मगर, तमुस्यो ह्युल छोंज धीं (गुरुङ महिला राष्ट्रिय परिषद्) चितवनका अध्यक्ष सीता तमुस्योलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा महासंघका महिला उपाध्यक्ष सीता हेल्मोले स्वागत मन्तव्य दिए भने सञ्चालन उपाध्यक्ष बाबुलाल थिङले गरे । कार्यक्रममा तामाङ पत्रकार संघ चितवनका प्रकाश तामाङ, म्हाणिपा आमा समूहका सचिव पासाङ तामाङ, विभिन्न आदिवासी जनजाति संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो । हाल महासंघमा २० आदिवासी जनजाति संगठनहरु आवद्ध रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85