२०८३ असार ३, बुधबार
June 17, 2026
२०८३ असार ३, बुधबार
June 17, 2026 Wednesday
- ADVERTISEMENT -

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम सम्पन्न

प्रकाशित मिति : २०८३ बैशाख १५ गते

चितवन / आरम्भ कलेजद्वारा आयोजित तीन दिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कलेजका प्राचार्य सुरज शिवाकोटीका अनुसार उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चार वर्षे सेमेस्टर प्रणाली अन्तर्गतको बिएचएम एवं बिआइटीएम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तालिम कार्यक्रममा विभिन्न प्राइभेट एवं सामुदायिक गरी १५ वटाभन्दा बढी संस्थाहरूको सहभागिता रहेको थियो भने विभिन्न विषयका प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने ३५ भन्दा बढी अनुसन्धानकर्ता एवं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा अनुसन्धानको परिचय, समस्या पहिचान, अनुसन्धान प्रस्ताव लेखन, तथ्यांक संकलन विधि, तथ्यांक विश्लेषण, प्रतिवेदन लेखन तथा अनुसन्धान नैतिकताका विषयमा प्रशिक्षण दिइएको थियो ।

प्राचार्य शिवाकोटीले अनुसन्धानकर्ताहरूको अनुसन्धान क्षमतालाई सहयोग प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने बताए ।

साथै कार्यक्रमको सुरुवाती सत्रमा विभिन्न कलेजका प्राचार्यहरूले धेरैभन्दा धेरै शैक्षिक संस्थाहरूलाई निमन्त्रणा गरी कार्यक्रम आयोजना गर्नुभएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

समापन समारोहका प्रमुख अतिथि डा. हरि अधिकारीले अनुसन्धान ज्ञान, नवप्रवर्तन र सामाजिक विकासको आधार भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय अनुसन्धानमा लाग्न आग्रह गरे ।

कार्यक्रमका रिसोर्स पर्सनको रुपमा एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. गोविन्द ढुंगाना एवं डा. गुणराज क्षेत्री रहनुभएको थियो ।

आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने कलेज जनाएको छ ।

प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी, ज्ञानवर्धक तथा व्यवहारिक रहेको प्रतिक्रिया दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.24
151.84
European Euro
1
175.54
176.24
UK Pound Sterling
1
203.02
203.82
Swiss Franc
1
190.67
191.43
Australian Dollar
1
106.93
107.35
Canadian Dollar
1
108.19
108.62
Singapore Dollar
1
117.96
118.43
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.38
22.47
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.48
41.65
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
41.18
41.34
Malaysian Ringgit
1
37.34
37.49
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.12
16.18
Danish Kroner
1
23.49
23.58
Hong Kong Dollar
1
19.30
19.38
Kuwaity Dinar
1
492.72
494.67
Bahrain Dinar
1
401.11
402.71
Omani Rial
1
392.85
394.41