२०८३ बैशाख ३०, बुधबार
May 13, 2026
२०८३ बैशाख ३०, बुधबार
May 13, 2026 Wednesday

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा

प्रकाशित मिति : २०८३ बैशाख २४ गते

काठमाडौं / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरिएको हो ।

अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ ।

मुद्दा दायर हुनेमा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्याल रहेका छन् ।

त्यस्तै चिनियाँ कम्पनी सीएएमसी, त्यसका अध्यक्ष, परियोजना व्यवस्थापक र कम्पनी म्यानेजरविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

यसअघि अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि ८ चैतमा पनि पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध अर्को मुद्दा दायर भएको थियो । आज दायर गरिएको मुद्दा सोही प्रकरणको तेस्रो मुद्दा हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.71
153.31
European Euro
1
179.31
180.02
UK Pound Sterling
1
206.72
207.53
Swiss Franc
1
195.53
196.30
Australian Dollar
1
110.35
110.78
Canadian Dollar
1
111.39
111.82
Singapore Dollar
1
120.02
120.49
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.89
42.06
Thai Baht
1
4.71
4.73
UAE Dirham
1
41.58
41.74
Malaysian Ringgit
1
38.82
38.97
South Korean Won
100
10.25
10.29
Swedish Kroner
1
16.47
16.53
Danish Kroner
1
24.00
24.09
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
498.64
500.60
Bahrain Dinar
1
404.82
406.42
Omani Rial
1
396.64
398.20