२०८३ असार ९, मंगलवार
June 23, 2026
२०८३ असार ९, मंगलवार
June 23, 2026 Tuesday
- ADVERTISEMENT -

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने संकेत

प्रकाशित मिति : २०८३ असार ८ गते

बागमती / लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन ।

- ADVERTISEMENT -

Advertisement

यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।

“कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो”, सूचना अधिकारी भण्डारीले भने, “हेटौँडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए ।”

- ADVERTISEMENT -

Advertisement

त्यसयता समयसमयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए ।

हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेको बताए ।

त्यस्तै उद्योगको हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनले बताए ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएका थिए ।

रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै उनले कपडा उद्योगका लागि बुटवल धागो र कपासखेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराएका थिए ।

कपडा उद्योग बन्द भएसँगै उक्त उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । सशस्त्र प्रहरी बस्नुुअघि त्यहाँको सुुरक्षाका लागि दुई कर्मचारीमात्र थिए ।

सशस्त्र बस्नुअघि लागुऔषध प्रयोग गर्ने दुव्र्यसनीहरूको अखडा बनेकामा अहिले भने उद्योग पूर्ण सुरक्षित रहेको छ । सरकारी चासोसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.75
173.43
UK Pound Sterling
1
199.33
200.12
Swiss Franc
1
186.63
187.37
Australian Dollar
1
105.63
106.05
Canadian Dollar
1
106.41
106.84
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.34
9.37
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.72
15.78
Danish Kroner
1
23.12
23.21
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79