March 29, 2024

क्यानको बोर्ड बैठक आजदेखि चितवनमा

September 22, 2020

काठमाडौँ / नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आजदेखि चितवनमा हुँदैछ । संघले क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको बताइएको छ । देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
अध्यक्ष चन्दका अनुसार सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने बताइएको छ । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो ।
हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् भने कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । हालको विषम परिस्थितिमा कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -