काठमाडौँ। स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
अमेरिकाको न्यू जर्सीस्थित न्यूयोर्क–न्यू जर्सी स्टेडियममा आइतबार राति सम्पन्न रोमाञ्चक फाइनल अतिरिक्त समयमा पुगेको थियो।
- ADVERTISEMENT -

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
खेलको पहिलो हाफदेखि नै स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाएको थियो।
- ADVERTISEMENT -

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा कायम राखे। स्पेनको एक गोल फाउलका कारण रद्दसमेत भएको थियो।
निर्णायक क्षण अतिरिक्त समयको १०६औँ मिनेटमा आयो। स्पेनका फरान टोरेसले गरेको गोल नै खेलको एकमात्र गोल बन्यो र स्पेनलाई ऐतिहासिक जित दिलायो।
खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो, जसले स्पेनलाई थप सहज बनायो।
योसँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै विश्व फुटबलमा नयाँ इतिहास रचेको छ। यता लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाको सपना भने फाइनलमै टुङ्गिएको छ।


















































