२०८३ श्रावण ७, बिहीबार
July 23, 2026
२०८३ श्रावण ७, बिहीबार
July 23, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ध्रुवेको लागि ‘नेशनल म्युजियम जू’ निर्माणको माग

प्रकाशित मिति : २०८३ श्रावण ६ गते

– बबिलाल तामाङ
चितवन । पटक–पटक मानवीय क्षति पु¥याउँदै आएको जङ्गली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जभित्रै ‘नेशनल म्युजियम जू’ मा राख्न स्थानीयले माग गरेका छन् । ध्रुवेलाई जूमा राख्दा स्थानीय पनि सुरक्षित हुने र राज्यलाई राजस्व सङ्कलनमा समेत टेवा पुग्ने हुँदा ध्रुवे प्रभावित क्षेत्रका स्थानीयले जू बनाउन सुझाव दिएका हुन् ।

पटिहानीमा आयोजित ‘चितवन राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रका आदिवासी जनजातिहरूले भोगिरहेका समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनीहरुले ध्रुवेलाई खुलारूपमा बस्तीमा विचरण गर्न दिनुभन्दा सुरक्षितरूपमा राखी अध्ययन तथा अवलोकनका लागिसमेत उपयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

निकुञ्जबाट यहाँका स्थानीयले अहिलेसम्म गर्व गर्ने बाटो नबनेको हुँदा जङ्गली जनावर र मानवबीचको द्वन्द्व कम गराउनको लागि पनि ध्रुवेलाई नियन्त्रणमा लिएर प्रदर्शनमा राख्नुपर्ने भरतपुर–२८ का जयमङ्गल कुमालले सुझाव दिए । ‘स्थानीयलाई सुरक्षा पनि हुने र राज्यलाई आयआर्जनमा पनि टेवा पुग्ने यस्तो काम सरकारले तत्काल गरोस्,’ उनले भने ।

उनले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज र बस्तीको सीमा क्षेत्रमा पनि हात्तीले भत्काउन नसक्ने गरी बलियो कङ्क्रिट पर्खाल निर्माण गर्नुपर्ने आवश्यकता औँलयाए । पुस्तौँदेखि बसोबास गर्दै आएका स्थानीयले जनावरको आक्रमणबाट निरन्तर त्रासमा जीवन बिताउन बाध्य भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सचिव सन्तकुमार चौधरीले चितवन राष्ट्रिय निकुञ्जले राष्ट्रियरूपमा ठूलो योगदान पु¥याए पनि त्यसको प्रत्यक्ष असर भोग्ने स्थानीय समुदायले अपेक्षित लाभ नपाएको बताए । निकुञ्ज स्थापना भएपछि थारु समुदायको परम्परागत सीप, संस्कृति र जीविकोपार्जनका आधारहरू कमजोर बन्दै गएको उनले बताए ।

थारु समुदायको परम्परागत माछा मार्ने पेशा तथा वनजन्य सामग्रीमा आधारित सीपहरू प्रतिबन्धका कारण सङ्कटमा परेको उल्लेख गर्दै समुदायको सांस्कृतिक पहिचान संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताए । यस्तैयस्तै समस्याका कारण स्थानीयले अझै पनि निकुञ्जलाई आफ्नो साझा सम्पत्तिका रूपमा अपनाउन नसकेको उनले टिप्पणी गरे ।

नेपाल बोटे समाज चितवनका अध्यक्ष विश्व बोटेले बोटे समुदायको परम्परागत जीविकोपार्जनमा निकुञ्जका प्रतिबन्धले ठूलो असर पारेको बताए । कानुनीरूपमा निश्चित समय र मापदण्ड तोकी माछा मार्ने अनुमति दिए अवैधरूपमा नदी प्रवेश गर्ने अवस्था घट्ने र दुर्घटनाको जोखिमसमेत कम हुने उनको भनाइ थियो ।

नेपाल दरै उत्थान समाज चितवनका अध्यक्ष रेशम दराईले वन तथा निकुञ्जसम्बन्धी कार्यक्रमहरू समुदायमुखी बन्न नसकेको आरोप लगाए । आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को महासन्धि नं. १६९ पूर्णरूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । ‘आइएलओ १६९ लाई पूर्ण कार्यान्वयन गर्ने हो भने हाम्रा धेरै समस्या स्वतः समाधान हुन सक्छ,’ उनले भने ।

नेपाल चेपाङ संघका सङ्घीय परिषद् अध्यक्ष गोविन्दराम चेपाङले मानव–वन्यजन्तु द्वन्द्वलगायतका समस्या समाधानका लागि नीतिगत सुधार अपरिहार्य रहेको बताए । कर्मचारीमाझ जतिसुकै गुनासो राखे पनि समस्या जस्ताको त्यस्तै भएकोले आफ्नो समस्या समाधानको लागि नीतिगत तहमै सुधारको लागि दबाब दिन अवाश्यक रहेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्ज आसपासका बासिन्दाले विभिन्न चुनौती भोगिरहेको स्वीकार गर्दै घटनाको रोकथाम र पीडितलाई कानुनअनुसार सहयोग उपलब्ध गराउने कार्यमा निकुञ्ज प्रशासन प्रतिबद्ध रहेको बताए ।

उनले आदिवासी जनजातिको परम्परागत अभ्यास र प्राकृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै काम भइरहेको उल्लेख गरे । मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्नु सबै पक्षको साझा दायित्व भएको भन्दै संरक्षण र समुदायको हितलाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

ध्रुवे हात्तीको व्यवस्थापनबारे भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले त्यसको सुरक्षित व्यवस्थापनका लागि निकुञ्ज प्रशासनले निरन्तर प्रयास गरिरहेको बताए । प्रभावित समुदायको आयआर्जन बढाउने कार्यक्रमहरू पनि स्थानीयसँगको सहकार्यमा सञ्चालन हुँदै आएको उनले दाबी गरे ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनको स्थानीय संयोजनमा भएको कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्दै निकुञ्ज स्थापना, संरक्षणको आवश्यकता तथा स्थानीय समुदायसँगको सम्बन्धबारे धारणा राखेका थिए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रभावित क्षेत्रका जनप्रतिनिधि, मध्यवर्ती क्षेत्रका प्रतिनिधि, निकुञ्ज प्रशासन, स्थानीयवासी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.68
154.28
European Euro
1
175.56
176.25
UK Pound Sterling
1
206.36
207.17
Swiss Franc
1
189.79
190.53
Australian Dollar
1
107.95
108.37
Canadian Dollar
1
109.34
109.76
Singapore Dollar
1
119.15
119.61
Japanese Yen
10
9.45
9.48
Chinese Yuan
1
22.71
22.80
Saudi Arabian Riyal
1
40.93
41.09
Qatari Riyal
1
42.16
42.32
Thai Baht
1
4.57
4.58
UAE Dirham
1
41.84
42.00
Malaysian Ringgit
1
37.58
37.73
South Korean Won
100
10.41
10.45
Swedish Kroner
1
15.90
15.96
Danish Kroner
1
23.48
23.58
Hong Kong Dollar
1
19.60
19.67
Kuwaity Dinar
1
499.45
501.40
Bahrain Dinar
1
407.56
409.15
Omani Rial
1
399.15
400.71