April 18, 2024

नेपोको ‘मेघा एक्सचेन्ज अफर’

January 18, 2020

भरतपुर । नारायणगढ मेनरोडस्थित नेपो फर्निसिङले २५ वर्ष पार गरेको छ । उक्त अवसरमा मेघा एक्सचेन्ज अफर ल्याएको नेपो फर्निसिङका महाप्रबन्धक सूर्य क“डेलले बताए । माघ १८ गतेदेखि फागुन ४ गतेसम्म मेघा एक्सचेन्ज अफर सुरु गर्न लागेको उनले शनिबार पत्रकार भेटघाटमा जानकारी गराएको हो ।
ग्राहक वर्गहरुको माग र चाहनालाई मध्यनजर गर्दै मेघा एक्सचेन्ज अफर सुरु गर्न लागेको उनले बताए । बढ्दो आधुनिकीकरणसँगै आफ्नो उत्पादनलाई परिमार्जित गर्दै हरेक वस्तुको एक्सचेन्ज अफर हँुदै आएकोमा गुणस्तरीय फर्निचर उत्पादनको दुनियाँमा अलग पहिचान बनाएको नेपोले पुरानो र कम उपयोगिता भएको फर्निचरलाई एक्सचेन्ज गर्न सकिने उनको भनाइ थियो । कम्पनीले अफरमा विभिन्न किसिमको छुट समेत दिने बताइएको छ ।
उनका अनुसार नेपोबाट उत्पादित फर्निचर अनलाइनमार्फत् खरिद गर्न सकिने र बुटवल, गोर्खा, धादिङ, हेटौंडालगायतका ठाउँहरुमा समेत बिक्रीवितरण भइरहेको छ । नेपोले स्टिल, पाइप र केही समयको अन्तरालमा काठबाट पनि सुरु गरेको बताएको छ ।
एक्सचेन्ज मार्फत् आउने सामान गरिब र विपन्न नागरिकलाई निःशुल्क रुपमा दिएर सामाजिक उत्तरदायित्व वहन गर्ने उनले बताए । नेपो आर्ईएसओ ९००१ः२०१५ सर्टिफाई प्रमाणित कम्पनी बन्न सफल भएको छ ।

- ADVERTISEMENT -