चितवन । आरम्भ कलेज, भरतपुरले विद्यार्थीहरूको नेतृत्वक्षमता, व्यक्तित्व विकास र व्यावसायिक दक्षता अभिवृद्धिगर्ने उद्देश्यले ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ कार्यक्रमसम्पन्न गरेको छ ।
शनिबार मौलाकालिकास्थित इला रिसोर्टमा सम्पन्नकार्यक्रममा वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना, स्टार्टअप र उद्यमशीलता मनोविज्ञान, रणनीतिक व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा बोल्नेकला लगायत विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएकोहो ।
- ADVERTISEMENT -

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसारकार्यक्रममा विद्यार्थीहरूले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दैनेतृत्व, नवप्रवर्तन र व्यावसायिक विकाससम्बन्धी ज्ञान तथाअनुभव हासिल गरेका छन् ।
समिटमा नेपाली युवा उद्यमी मञ्च -एनवाईईएफ) चितवनच्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल रचितवनका पहिलो आवाज मनोज पन्तले प्रशिक्षण दिएकाथिए ।
कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास, आत्मविश्वासअभिवृद्धि, नवप्रवर्तनशील सोच जगाउने विश्वास आरम्भकलेजले लिएको प्रिन्सिपल शिवाकोटीले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।


















































