२०८३ श्रावण ३१, आईतवार
August 16, 2026
२०८३ श्रावण ३१, आईतवार
August 16, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मञ्जुश्री म्हाणिपा आमा समूहको अध्यक्षमा पासाङ तामाङ निर्विरोध निर्वाचित

प्रकाशित मिति : २०८३ श्रावण ३० गते

चितवन / भरतपुर महानगरपालिका–११ स्थित मञ्जुश्री म्हाणिपा आमा समूहको अध्यक्षमा पासाङ तामाङ निर्विरोध निर्वाचित भएकी छन् । शनिबार छेच्यु थर्पलिङ गुम्बा परिसरमा सम्पन्न समूहको नवौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले तामाङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा इन्द्रकुमारी तामाङ, सचिवमा दिलमाया लामा, कोषाध्यक्षमा दुर्गा पाख्रिन र सहसचिवमा लक्ष्मी पाख्रिन चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै सदस्यहरूमा कालीमाया तामाङ, मिनमाया लोप्चन, सुनमाया दोङ, कान्छीमाया दोङ, कान्छीमाया पाख्रिन, मिन्जी दोङ, सुमित्रा पाख्रिन, ठूलीकान्छी दोङ, बिरुणा थिङ, दुर्गाकुमारी पाख्रिन, निरमाया जिम्वा, शोभा तामाङ, मांगमाया पाख्रिन, विनु जिम्बा, अन्जिता लामा, चन्दमाया बमजन, निर्मला, जिम्बा, विष्णु थिङ र फूलमाया योन्जन चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष गंगालाल तामाङले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

उनले तामाङ समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा म्हाणिपा आमा समूहहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

म्हाणिपा आमा समूहले समुदायको विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै नयाँ कार्यसमितिले समूहका गतिविधिलाई थप प्रभावकारी बनाउन उनको आग्रह थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सचिवालय सदस्य मोहन स्याङ्बो, भरतपुर महानगरपालिका–१० का वडा सदस्य अनिष लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो।

समाजका सल्लाहकार नरिमाया लामाले स्वागत मन्तव्य राखेको कार्यक्रम छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर लामाले सञ्चालन गरेका थिए ।

कार्यक्रम मञ्जुश्री म्हाणिपा आमा समूहकी निवर्तमान अध्यक्ष चिनीमाया पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36