भरतपुर / चितवन उद्योग संघको ३५औं वार्षिक साधारणसभामा विभिन्न संस्था र व्यक्ति गरी आधा दर्जनलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले संयुक्त रुपमा ती व्यक्ति र संस्थालाई एकसाथ सम्मान र पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा चितवन उद्योग संघको पालिका समितिहरु मध्येबाट आव ०८२÷०८३ मा सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतमसहितको कार्यसमितिलाई अवार्ड सहित सम्मानित गरिएको थियो । भने, सोही अवसरमा उद्योग संघमा उत्कृष्ट कार्य गर्दै आएका सञ्चार अधिकृत राजु भट्टलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा अवार्ड सहित सम्मान र पुरस्कृत गरिएको थियो ।
- ADVERTISEMENT -

यसैगरी संघले निर्माण गरेको औद्योगिक प्रदर्शनीको प्रबद्र्धन गर्दै आएका चितवन अटोमोवाइल्ल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष एवम् चितवन अटो शो २०२५ र २६ का संयोजक राजन पिया, हालका उपाध्यक्ष यज्ञ पौडेल सहितको कार्यसमिति, चितवन अटोमोवाइल्ल एशोसिएसन र डेरी एक्स्पो आयोजना गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि।का अध्यक्ष किशोर बगाले सहितको कार्यसमितिलाई मायाको चिनो सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्पूर्ण अतिथिहरुलाई प्रदान गरिने मायाको चिनोमा गरिने खर्चबाट व्यवस्थापन हुने गरी माडी नगरपालिकामा स्थापित चेपाङ विद्यार्थीहरुलाई आवासीय सुविधा सहित अध्यापन गर्दै आएको मनमोहन वालग्रामलाई रु ३५ हजार ५ सय ३५ वापतको चेक हस्तान्तरण गरिएको थियो ।
- ADVERTISEMENT -

















































