काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बस्नेछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
पार्टीले बैठकका विस्तृत एजेन्डा सार्वजनिक गरेको छैन। यद्यपि, पछिल्लो राजनीतिक परिस्थितिमा बस्न लागेको सचिवालय बैठकलाई पार्टीको आगामी कार्यदिशा र रणनीतिक छलफलका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
- ADVERTISEMENT -

प्रवक्ता खरेलले सूचना जारी गर्दै कात्तिक १४ गते शनिबार बिहान ११ बजे सभापति लामिछानेको अध्यक्षतामा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् ।
















































