Opens in a new tab
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज कांग्रेसको नयाँ नेतृत्व चयनका लागि तीन स्थानमा मतदान हुँदै

प्रकाशित मिति : २०८३ आश्विन २२ गते

काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जारी गरेको निर्वाचन सम्बन्धी सूचनामा उल्लेख छ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् ।

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

१५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

मतदान केन्द्र र प्रतिनिधि समूह ः राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’, बागमती प्रदेश, मतदान केन्द्र ‘ख’ खुलामञ्चमा, कोशी प्रदेश तथा तराई–मधेस समूह, हिमाल हल, गण्डकी प्रदेश, तराई–मधेस हल, मधेश प्रदेश, पहाड हल रहेका छन् ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि मतदान सकिएपछि मतगणना शुरू हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.55
155.15
European Euro
1
173.02
173.69
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
185.50
186.22
Australian Dollar
1
107.68
108.10
Canadian Dollar
1
108.67
109.09
Singapore Dollar
1
120.76
121.23
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.05
23.14
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.56
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
42.08
42.24
Malaysian Ringgit
1
37.81
37.95
South Korean Won
100
11.55
11.60
Swedish Kroner
1
15.40
15.46
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.69
19.77
Kuwaity Dinar
1
501.54
503.49
Bahrain Dinar
1
409.92
411.51
Omani Rial
1
401.43
402.99