काठमाडौं / सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।















































