गण्डकी / पोखरा महानगरपालिका–२८ कालिकामा आज (शुक्रबार) बिहान स्कुल बस दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा १८ जना बालबालिका घाइते भएका छन् ।
- ADVERTISEMENT -

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।
कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा घाइते भएका बालबालिकालाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ ।
- ADVERTISEMENT -


















































