काठमाडौं / बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई समूहबीच झडप भएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले बिहान करिब ३ः४५ बजे इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरेको हो ।
चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो । झडपका क्रममा दुवै पक्षबीच ढुंगामुढा हुनुका साथै अगुल्टोसमेत प्रहार भएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो । आक्रमणमा एक प्रहरी सहायक निरीक्षक ९सई० सहित चार जना प्रहरी घाइते भएका छन् ।
- ADVERTISEMENT -

झडपका क्रममा एक जना सर्वसाधारणसमेत घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















































