Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
November 18, 2026
२०८३ मंसिर ३, बुधबार
November 18, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

४०१ दुईपाङ्ग्रे सवारीमाथि कारबाही

प्रकाशित मिति : २०८३ मंसिर २ गते

काठमाडौं / ट्राफिक प्रहरीले ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले मोडिफाई गरिएका मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

कार्यालयका अनुसार एक साताको अवधिमा ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २र२ वटा डुकाटी र एमटी, १र१ वटा डोमिनार र केटीएम ड्युक तथा ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।

कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकमा ध्वनि प्रदूषण बढाउने र अन्य सवारी चालक तथा सर्वसाधारणलाई असर पुर्‍याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

‘१ हप्ताको दौरानमा ४०१ वटा मोटर साईकलहरु समातेर आवश्यक कानुनी कारबाही गर्दैछौं । हाम्रो एउटै मात्र उद्देश्य के हो भने सडकमा कुनै पनि नागरिकलाई साउन्ड पोलुसनको कारणले अरु दुर्घटना अथवा उनलाई हेल्थको ह्याजार्ड नहोस् भन्ने नै हो । साथै सडकमा मनलाग्दी तरिकाले आफूले चाहे अनुसारले सवारी साधन चलाउने र जसको कारणले अरुलाई असर गर्ने काम गर्नु हुँदैन,’ काफ्लेले भने ।

निजी सवारीसाधन भन्दै आफूखुसी स्वरूप परिवर्तन गरेर सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्नुका साथै सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उनले बताए ।

‘पछिल्लो समयमा जे गर्दा पनि हुन्छ, सडकमा हिँड्ने सवारी साधन मेरो सम्पत्ति भएको हुनाले जसरी मोडिफाई गर्न पनि पाउँछ भन्ने खालको ट्रेन्ड जस्तै बसेको छ । यसले कसैलाई पनि फाइदा गर्दैन । यो स्वयं चालकलाई पनि एकदमै रिस्की हुन्छ । यो गैरकानूनी क्रियाकलाप हो र हामी यसलाई नियन्त्रण गर्ने प्रयासमा छौं,’ उनले भने ।

ट्राफिक प्रहरीले मोडिफाई गरिएका सवारीसाधन नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । कानुनी प्रक्रिया पूरा भएपछि सम्बन्धित कार्यालयले जरिवाना गर्ने र मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काउन लगाउने काफ्लेले जानकारी दिए ।

‘यो जति पनि मोडिफाई गरेका सवारी साधनहरु छन्, त्यो मोडिफाई गरेका सवारी साधनहरुको जरिवाना चाहिँ यातायात व्यवस्था कार्यालयले गर्छ । हामीले गर्दैनौं, हामीले चिट काटेर पठाउँछौं । उहाँहरुले चिट काटेर आइसकेपछि शोरुमबाट निस्किँदाखेरि जुन अवस्थामा मोटर साईकल थियो, त्यही अवस्थामा बनाएर हामी उहाँहरुलाई ह्यान्ड ओभर गर्छौं । चेन्ज गरेका पाट्र्सहरु सबै चेन्ज गर्न लगाउँछौं,’ उनले भने ।

पटक–पटक नियम उल्लङ्घन गर्ने पाँचदेखि १० वटासम्म मोटरसाइकल भने प्रहरीले नियन्त्रणमै राखेको छ । मोडिफाई गरिएका पार्टपुर्जा परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने गरिएको उनले बताए ।

काफ्लेका अनुसार काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन् । चालु आर्थिक वर्षमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाका कारण मानिसको मृत्यु हुने र घाइते हुने घटना उल्लेख्य रहेको उनले बताए ।

‘अहिले जति पनि दुर्घटना हेर्नुहुन्छ भने हाम्रो ६० देखि ७० प्रतिशत दुर्घटना २ पाङ्ग्रे सवारी साधनमै छ । यो आर्थिक वर्षमा पनि अधिकांश ठाउँमा २ पाङ्ग्रेबाट नै दुर्घटनाको कारणले मान्छेहरुले मृत्युवरण गर्नु परेको र घाइते हुनुपरेको अवस्था छ । त्यसैले २ पाङ्ग्रे सवारी साधन आफैँमा संयमित भएर चलाउनु पर्ने सवारी साधन हो । त्यसमा पनि मोडिफाई गरेपछि त यसले जे रुपमा काम गर्नुपर्ने हो, त्यो काम नगर्ने हुनाले अरु थप दुर्घटना भएको देखिन्छ ।’

मोडिफाई गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्न सक्ने र दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले चालकहरू सचेत हुनुपर्ने काफ्लेको भनाइ छ । सडक सबैको साझा प्रयोगस्थल भएकाले ट्राफिक नियम पालना र जिम्मेवार व्यवहारबाट मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.98
150.58
European Euro
1
165.11
165.77
UK Pound Sterling
1
197.78
198.57
Swiss Franc
1
178.47
179.19
Australian Dollar
1
101.27
101.68
Canadian Dollar
1
104.99
105.41
Singapore Dollar
1
116.34
116.81
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.42
4.44
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.63
36.77
South Korean Won
100
11.24
11.28
Swedish Kroner
1
14.88
14.94
Danish Kroner
1
22.09
22.17
Hong Kong Dollar
1
19.12
19.19
Kuwaity Dinar
1
485.69
487.63
Bahrain Dinar
1
397.61
399.20
Omani Rial
1
389.54
391.10