Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुटवलमा साढे ८ मेगावाट विद्युत उत्पादन शुरू

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते

रुपन्देही / रुपन्देहीको तिलोत्तमामा बुटवल सोलार पावर कम्पनीले साढे ८ मेगावाट विद्युत उत्पादन शुरू गरेको छ । उ्रत्पादिन विद्युत राष्ट्रिय ग्रिडमा लगेर जोडिएको हो ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालन गरेको यो परियोजनाबाट उत्पादित बिजुली ब्याट्रीमा निर्भर नभई प्रत्येक पाताबाट उत्पादित विद्युत् सिधै ग्रिडमा लगेर जोडिएको कार्यकारी निर्देशक कुवेरमणि नेपालले जानकारी दिनुभयो । ब्याट्री नराखी ग्रीड कनेक्टेड भएकोले घाम लागेको समयमा मात्र सोलार विद्युत् उत्पादन गर्नेछ ।
कोरोना महामारीका कारण गत वैशाख महिनामै बिजुली उत्पादन सुरू गर्ने लक्ष्य राखिएपनि असोज २७ गतेदेखि बिजुली उत्पादन सुरू भएको नेपालले बताउनुभयो । सोलार पावरबाट उत्पादित विद्युत् सिधै ग्रिडमा लगेर जोडिने नेपालकै सबैभन्दा ठूलो सोलार पावर प्रोजेक्ट भएको आयोजनाले जनाएको छ ।
बिजुली उत्पादन सुरू भएपछि सुख्खायाममा खोलामा पानी नभएको बेला रिडी हाइड्रोपावरबाट हुने विद्युत उत्पादनको कमिलाई पूरा गर्न सकिने परियोजनाको लक्ष्य छ ।
तिलोत्तमा नगरपालिका वडानम्बर ६ गोरकट्टामा शान्ति नमूना माविको २६ बिगाहा जग्गा लिजमा लिएर आयोजनाको प्यानल, ट्रान्सफर्मर, इन्भर्टर जडान गरिएको छ । मणिग्राममा लिजमा लिएको जग्गामा ३२ हजार सोलार पाता जडान गरिएको छ । जडान गरिएका प्रत्येक पाता तीन सय ३० वाट क्षमताका रहेका छन् । यहाँ उत्पादित बिजुली अमुवामा रहेको सबस्टेशनमा जोडिएको छ ।
परियोजना प्रवन्धक एवम् इलेक्ट्रोनिक्स इन्जिनियर यतु रावतले प्यानल जडान गरिएको स्थानदेखि साढे सात किलोमिटर ट्रान्समिसन लाइनमार्फत सबस्टेशन लगेर बिजुली जोडिएको जानकारी दिनुभयो ।प्रारम्भिक लागत ६५ करोड अनुमान गरिएको भए पनि निर्माण सम्पन्न हुँदासम्म कुल लागत ७० करोड पुग्ने आयोजनाको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22