२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

मास्क नलगाउनेलाई अनिवार्य दुई हजार जरिवाना : मुख्यमन्त्री

प्रकाशित मिति : २०७७ मंसिर ५ गते

नयाँदिल्ली / भारतको दिल्ली राज्यमा मास्क लगाउन अनिवार्य गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका छन् । मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि ५ सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो ।
नयाँ दिल्लीमा कोभिड १९ को महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन्,’ केजरीवालले भने ।
केजरीवालले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै कार्यक्रम तथा गतिविधिहरु नगर्न पनि उनले आग्रह गरेका छन् ।
महामारीको पछिल्लो अवस्थाबारे समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि बोल्दै केजरीवालले जनताको जीवन रक्षाका लागि संयुक्त रुपमा काम गर्न सबै पार्टीहरु सहमत भएको पनि जनाए । ‘सबै पार्टीहरुकातर्फबाट मलाई सहयोग र सुझाव आएको छ । यो कठिन घडीमा हामी सबै एकै ठाउँमा छौं,’ केजरीवालले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51