२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवन भेटेरान कपको सकियो क्वाटरफाइनल

प्रकाशित मिति : २०७६ आश्विन ५ गते
File photo.

भरतपुर । भरतपुर गेष्ट हाउसमा जारी ‘प्रथम अन्तर्र्रािष्ट्रय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को आइतबार चार क्वाटर फाइनल खेल भएको छ ।
उक्त प्रतियोगितामा नाइट किङ काठमाडौँले नवलपुर भेटेरान क्लब नवलपुरलाई २–१ गोलअन्तरले हराएको हो । नाइट किङ काठमाडौँका लागि सरोज थापाले खेलको ११औँ मिनेटमा गोल गरे । यस्तै खेलको १७औँ मिनेटमा थापाले व्यक्तिगत दोस्रो गोल गर्दै नाइट किङको अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा २–० ले पछि परेको नवलपुर भेटेरानले दोस्रो हाफमा खेलमा फर्कने संकेत गरेको थियो । खेलको ३७औँ मिनेटमा नवलपुर भेटेरानका हरि चौधरीले गोल गर्दै अग्रता २–१ मा झारे । तर, बाँकी समयमा थप गोल हुन सकेन र नाइट किङ २–१ ले विजयी भयो । खेलको म्यान अफ दी म्याच नाइट किङका सरोज थापा घोषित भए । सेमिफाइनल प्रवेशका लागि नाइट किङले सोमबार टि बर्गर ललितपुरको सामना गर्नेछ ।
आइतबारैसम्पन्न दोस्रो खेलमा बगरभाइ खलक पोखरालाई टाइब्रेकरमा पराजित गर्दै टि बर्गर ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्र्धािरत समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा टि बर्गर ललितपुर ३–१ विजयी भयो । खेलको म्यान अफ दी म्याच टि बर्गर ललितपुर गोलरक्षक प्रदीप तान्डुकार घोषित भए ।
आइतबारको तेस्रो खेलमा २ पेनाल्टी मिस गर्दा कैलाली भेटेरान देहरादुन एफ सि भारतसँग टाइब्रेकरमा ३–२ ले पराजित भयो । निर्धारित समयको पहिलो र दोस्रो हाफमा कैलालीले प्राप्त गरेको २ पेनाल्टी सदुपयोग गर्न सकेन । सेमिफाइनल प्रवेशका लागि देहरादुनले आयोजक चितवन भेटेरान रातोको सामना गर्नेछ ।
प्रतियोगिताअन्तर्गत अन्तिम खेलमा चितवन भेटेरान रातो विजयी भएको छ । चितवन रातोले युथ एकेडेमी वीरगञ्जलाई ४–१ ले पराजित ग¥यो । चितवनको जितमा रवीन्द्र श्रेष्ठले खेलको २१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यस्तै २८औँ मिनेटमा गोल गर्दै धर्मराज शाहीले चितवनको रातोको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ गोल गरेको चितवनको रातोले दोस्रो हाफमा थप २ गोल ग¥यो भने वीरगञ्जले एक गोल फर्कायो । दोस्रो हाफको १२औँ मिनेटमा गोल गर्दै सुरेश श्रेष्ठले वीरगञ्जलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर १८औँ मिनेटमा गोल गर्दै चक्र पुनले चितवनको अग्रता ३–१ मा पु¥याए । लगत्तै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि चितवन रातो ४–१ ले विजयी भयो । खेलको म्यान अफ दी म्याच चितवन रातोका चक्र पुन घोषित भए ।
प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनल चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा बिहान ७ बजे झापा भेटेरान र रुपन्देही भेटेरान ११ बुटवल भिड्नेछन् । दोस्रो खेलमा बिहान ८ बजे देहरादुन एफसी भारत र चितवन भेटेरान रातो भिड्नेछन् । यस्तै दिउँसो ३ बजे चितवन भेटेरान निलो र रोयल भेटेरान दार्र्जििलङ तथा ४ बजे टि बर्गर ललितपुर र नाइट किङ काठमाडौँबीच खेल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81