–अमिर रामदाम
माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन माडीको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम बोल्दै इलाका प्रहरी कार्यालय माडीका प्रहरी प्रमुख हर्कबहादुर विश्वकर्माले माडी नगरपालिकाभित्र रहेका सबै सुनचाँदी व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न अनुरोध गरेका छन् ।
प्रहरी प्रमुख विश्वकर्माले सबै सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सम्पूर्ण सुनचाँदी व्यवसायीलाई आफ्नो सुरक्षाको लागि पसल पसलमा सिसि क्यामेरा जडान गर्न उनले सुझाव दिएका थिए । सबै व्यवसायीलाई आपसी सहयोग र सद्भाव, प्रहरी बीच अपनत्व हुन जरूरी रहेको उनको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवन माडी शाखाका संस्थापक अध्यक्ष रामदामले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रमुख विश्वकर्मा समक्ष अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा सुनचाँदी व्यवसायी संघ चितवन माडी शाखाले प्रहरी निरीक्षक विश्वकर्माको समुदाय र प्रहरी बीचको निकटतालाई उच्च तह लैजान महत्वपूर्ण भूमिका खेलेकोले उच्च मूल्याकंन गर्दै स्वागत एवं सम्मान गरेको थियो । प्रहरी प्रमुख विश्वकर्मालाई खादा, माला र मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रममा सुनचाँदी व्यवसायी माडी शाखाका कोषाध्यक्ष ईश्वरी विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला माडीकी अध्यक्ष बिमला गहतराजलगायतले मन्तव्य दिएका थिए ।