२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

‘जनताको समस्या तुरुन्त समाधान गर्न सके उपलब्धि’

प्रकाशित मिति : २०७६ कार्तिक २ गते

भरतपुर । जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबार २३ वटा सरकारी कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सरकारी कार्यालयहरुले गत वर्षको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी बजेटको बारेमा पनि जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले गमला पानी राखेर शुभारम्भ गरेका थिए । प्रगति प्रतिवेदन पश्चात प्रमुख अतिथि पाण्डेले प्रविधिले देश निकै अघि बढेको सबै सहजता भएको र सबैलाई काम गर्न सहज भएको बताए ।
जनताको समस्या तुरुन्तै समाधान गर्न सक्ने त्यो नै ठूलो उपलब्धि भएको प्रमुख अतिथि पाण्डेको भनाइ थियो । यसरी पारदर्शी ढंगबाट काम र छिटो छरितो काम हुन सके देशले विकास लिन बेर नलाग्ने पाण्डेले बताए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सांसद् कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य पार्वती रावल, माडी नगरपालिका ठाकुर ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले मन्तव्य दिएका थिए । समीक्षा कार्यक्रममा प्रदेश सांसद्हरु कृष्णप्रसाद खनाल, विजय सुवेदी, कृष्णप्रसाद भूर्तेल, रामलाल महतो, बलराम पौडेल, गीता वाग्ले, पार्वती सिलवाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले जिल्लाको विकास गतिविधि बारेमा बताइन् भने जिल्ला विकास समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -