२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लामा गुरुङहरुको राष्ट्रिय भेला चितवनमा

प्रकाशित मिति : २०७६ पुष २ गते

भरतपुर । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको छैंठौ वार्षिक साधारण तथा तेश्रो राष्ट्रिय भेला हुने भएको छ । समाजले मंगलबार पत्रकार भेटघाटमा शारदानगर टासिलिङ बौद्ध गुम्बामा परिसरमा छैंठौ वार्षिक साधारण तथा तेश्रो राष्ट्रिय भेला हुने बताएको हो ।
भेलामा गुरुङहरुको महान पर्व च्युई (मुसा) ल्होसारको पूर्व सन्ध्यामा सबैको सामूहिक ग्रह शान्ति (त्हें) पूजा र लामा ब्रज नृत्य, विद्वान लामा गुरुहरुबाट धर्म प्रवचन र अवतारी लामा रिन्पोछेज्यूबाट आयू अभिषेक (वाङ्) प्रदान गरिने बताइएको छ । आदिमकालदेखि नै लामा गुरुहरुद्वारा गरिदैँ आइरहेको जन्मदेखि मृत्युसम्मको पूजा कर्मकाण्ड विधि र संस्कारहरुलाई समय सापेक्ष सहज र एकरुपता गर्दै लैजाने तथा धर्म गुरुहरुको बीचमा ज्ञान शिक्षा आदान प्रदान गरी मैत्रीय सम्बन्ध कायम गर्ने लक्ष्य रहेको समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरूङले बताए ।
राष्ट्रिय भेलाले बुद्ध दर्शनलाई देशव्यापी बनाउन जागरण सुरू गर्ने गुरूङले बताए । गुरुङका अनुसार पुस ४ गतेदेखि सुरू हुने भेला ६ गते सकिनेछ । समाजका क्षेत्रीय शाखा चितवनका सचिव हितमान गुरूङले ५ गते बिहान ७ बजे नारायणगढमा शान्ति पदयात्रा निकालिने बताए । पुल्चोकदेखि चौबीसकोठीसम्म गुरूङ समुदायको वेशभूषा, संस्कृति झल्काउने कार्यक्रम सहित पदयात्रा निकालिने उनको भनाइ थियो ।
यस्तैगरी भेलाको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राज्ञ. डा हृदयरत्न बज्राचार्यले उद्घाटन गर्ने उनले बताए । पुस ६ गते आइतबार समाजको दोस्रो अधिवेसनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । भेलापश्चात् चितवन घोषणापत्र सार्वजनिक हुने गुरुङले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91