भण्डारा । राप्ती नगरपालिका वडा नं. ५ भण्डारामास्थित राप्ती बचत तथा ऋण सहकारी संस्था भण्डाराले प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्यको तीन खम्बे अर्थनीतिमा सहकारी एउटा खम्बा रहेको बताए । सहकारीहरु मजबुत भए देशले गति लिने उनको भनाइ थियो । देशको कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान निजी संस्थाहरुको तुलनामा कमजोर रहेकोले यसलाई सुधार गर्नुपर्ने आवश्यक रहेको उनले सुझाव दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम पाठकले नीति तथा भावी कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । स–साना पुजीँलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।
गत श्रावणदेखि २०÷२५ जनाको समूहले सहकारी सञ्चालनमा आएको र छिट्टै नै बहुउद्देश्यीय सहकारीको रुपमा विकास गर्ने अवधारणा रहेको उनले बताए ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ३ का अध्यक्ष राजकुमार उप्रेती, वडा नं. ५ का अध्यक्ष मेनुका पाठक, वडा नं. ६ का अध्यक्ष जल्लु महतो, उद्योग वाणिज्य संघ राप्तीका वरिष्ठ सदस्य पूर्णबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
संस्थाका कोषाध्यक्ष सन्तोष उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सचिव डिल्लीप्रसाद थपलियाले सञ्चालन गरेका थिए । ६ महिनाअघि स्थापना भएको संस्थामा हाल २२७ जना सदस्य रहेका छन् ।
राप्ती बचतको प्रारम्भिक साधारणसभा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












