March 17, 2025
- ADVERTISEMENT -

नारायणी किनारमा कोटिहोम महायज्ञ हुने

January 6, 2020

नारायणगढ । नारायणी नदी किनारमा माघ ११ गतेदेखि फाल्गुन ११ गतेसम्म मासिक ज्ञान–महायज्ञ हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघीमेला महामहोत्सव एवम् संगीतमय लीलामय अष्टोत्तरशत (१०८) श्रीमद् भागवत धन्यधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ हुन लागेको हो ।
१०८ पण्डितद्वारा १०८ कुण्डमा एक महिनासम्म अनवरत रुपमा महायज्ञ हुने उद्घोषक बाल योगेश्वर महाराजले बताए । करिब दश लाख भक्तजनहरुको उपस्थितिको आशा लिएको महायज्ञमा मौलकालिकादेखि देवघाट क्षेत्रसम्म करिब २५ किलो मिटर तोरण टाँगिने उनको भनाइ थियो ।
मुक्तिनाथको बत्ती दिप प्रज्वलन गरेर हेलिकोप्टरमा १०८ तिर्थस्थलको जलसहित १००८ गौमाताको दुग्धधारा तथा पुष्पवृष्टि गरिने उनले जानकारी गराए । १ करोड पार्थी शिव लिंग निर्माण गरी पुजन, २१ हजार जना व्यक्तिहरुको तुलादान, ५ हजार १ सय कलशको पुजन गरिने बताएको छ ।
७० वर्ष नाघेका २५ हजार जेष्ठ नागरिकलाई सम्मान गरिने तथा ११ हजार कन्याहरुको पुजन गरिने छ । प्रत्येक दिन ५ हजार जनालाई भक्तहरुलाई प्रसादको व्यवस्था गरिने, १ हजार जनालाई बस्ने, खाने प्रबन्ध मिलाएको आयोजकको भनाइ छ ।
यज्ञ अवधिभर निर्माणाधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालालाई ५ लाख तथा नेपाल पत्रकार महासंघ चितवनको अक्षय कोषमा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने उद्घोषक महाराजले घोषणा गरे ।
यसअघि २०७५ सालमा २९ वटा यज्ञ गरेर एउटै वर्षमा ६७ करोड बढी आर्थिक संकलन गरेको थियो भने यस कोटिहोम महायज्ञको लागि ३ करोडदेखि ५ करोड लाग्ने र प्रारम्भिक खर्च ३ करोड रहेको आयोजकको भनाइ छ । महायज्ञमा २५ करोड संकलन लक्ष्य रहेको आयोजकको भनाइ छ ।
कोटिहोम महायज्ञको २ हजार १ सय जनाको मूल आयोजक समिति रहनेछ ।

- ADVERTISEMENT -