चितवन । ढोकुन थर्पलिङ्ग गुम्बा कालिका नगरपालिका–२, कमलचोकले सात दिने विश्वशान्ति पूजा तथा धनधान्याचल सुरु गरेको छ । धनधान्याचलको प्रतिनिधि सभा सदस्य, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।
धनधान्याचलमा १० करोड बज्र गुरु जप तथा विश्वशान्ति पूजा गरिनेगुम्बाका अध्यक्ष कमलकुमार लामाले बताए । धर्म गुरु लोपेन पेमा दोर्जेको नेतृत्वमा विभिन्न धर्मगुरु तथा खेन्पो लोपेनहरुले पुजापाठ, वाङ्ग अभिषेक गर्ने, धर्म दर्शन तथा संस्कार कर्मकाण्डका बारेमा प्रवचन, धर्म देशानालगायत कार्यक्रमहरु हुने उनको भनाइ थियो ।
मानव जगतको दुःख कष्ट रोग भोग र बिघ्न नाश गरी सुख, शान्ति, समृद्धि र मनोकांक्षा पूरा होस् भन्ने कामनाकासाथ धनधान्याचल आयोजना गरिएको उनले जानकारी दिए ।
उक्त धनधान्याचलमा दाताहरुबाट संकलित रकम गुम्बाको नयाँ संरचना निर्माण, लामा निवास निर्माणलगायतको गुरुयोजना रहेको गुम्बाका सचिव युवराज ब्लोनले बताए । भुमिदान वा ५० लाखभन्दा माथि सहयोग गर्ने दाताको गुम्बा परिसरमा स्तुपा बनाइ सम्मान गरिने उनले बताए ।
२०५८ सालमा स्थापना भएको गुम्बा कालिका नगरपालिकाकै व्यवस्थित गुम्बा मध्येमा पर्दछ । गुम्बाको मूल गेट निमा डोल्मा लामाको १८ लाख सहयोगमा निर्माण गरिएको हो । संस्कार र संस्कृति जोगाउन विभिन्न कार्यक्रम तथा गतिविधिहरु गर्दै आएको आयोजकले जनाएको छ ।
कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडाअध्यक्षहरु बिनोद रेग्मी, लिला गुरुङलगायत विभिन्न जनप्रतिनिधिहरु, स्थानीय संघसंस्था तथा राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

विश्वशान्ति पूजा तथा धनधान्याचल सुरु
January 20, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
