नारायणगढ । सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो खेल संघर्ष पौडेलको कप्तानीमा भरतपुर गुर्खाज र दिपेश श्रेष्ठको कप्तानीमा इच्छाकामना वारीयर्सबीच हुँदैछ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले मैदानमा ब्याटिङ गरेर खेल शुभारम्भ गरेका थिए । नेपालमा बिस्तारै खेलकुद क्षेत्रले गति लिएको उनले बताए । क्रिकेट गु्रपमा खेल्ने विश्वकपको पहिलो खेल भएको र खेलाडीहरुको मेहनत, प्रशिक्षकलगायत सबैको उत्तिकै मेहनत हुन जरुरी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, उ्रद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नारायणी एडभाइजर राइजिङ एण्ड इभेन्टका प्रबन्ध निर्देशक राजु चौधरी, चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिश्चन्द्र न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए भने चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले स्वागत मन्तव्य दिएका थिए ।
प्रतियोगितामा विजयी टिमले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख पाउने छन् । यस्तै विभिन्न विधामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
आजबाट सीपीएल क्रिकेट सुरु, भरतपुर र इच्छाकामना भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












