June 14, 2024

कृषि बजारमा घिमिरेको नेतृत्व

February 28, 2020
अध्यक्ष शालिकराम घिमिरे ।

भरतपुर । कृषि प्रबर्धन बजार विकास प्रा.लि.को अध्यक्षमा पुनः शालिकराम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । सौराहामा सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट घिमिरे सम्मत चयन भएको हो । त्यस्तै प्रबन्ध संचालकमा थिरप्रसाद धिताल (कृष्ण) निर्विरोध चयन भएका हुन् ।
अधिवेशनले संचालक सदस्यहरुमा मदनप्रसाद सापकोटा, पुरुषोत्तम गौतम, रामचन्द्रवंशी ठकुरी, जयराम पाण्डे, सोमबहादुर बज्यु, मुकुन्दप्रसाद गौतम, रामराज पाण्डे, रामप्रसाद घिमिरे र मानबहादुर पाण्डे चयन भएका छन् ।
कार्यक्रममा घिमिरेले वार्षिक कार्यपत्र तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य मदनप्रसाद सापकोटाले दिएका थिए । कार्यक्रम थिरप्रसाद धिताल (कृष्ण)ले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -