भरतपुर\चितवन । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल प्रकरणको निष्पक्ष छानविन गरी दोषी देखिएमा कारवाही हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार प्रजिअ भट्टराईलाई ध्यानाकर्षण गराउने क्रममा पत्रकारहरुलाई निर्धक्क भएर सत्य कुरा लेख्न डराउन नहुने बताए ।
निर्धक्क पेशामा लाग्न, सत्य कुरा लेख्न, कसैसँग डराउनु नपर्ने प्रजिअ भट्टराईको भनाइ थियो । पत्रकारहरुको सुरक्षाको प्रत्याभूति प्रशासनले गराउने उनले बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले समाचारका विषयमा पत्रकारहरुमाथि धम्की आइरहेको बताउँदै सुरक्षाको प्रत्याभूति गर्न प्रशासनको ध्यानाकर्षण गराए । कोरोना भाइरसको महामारी रोकथाम र उपचारका विषयमा पत्रकारहरु संवेदनशील रहेको बताउँदै अध्यक्ष खतिवडाले सबै मिलेर महामारी विरुद्ध जुध्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्य शिशिर सिंखडा, पत्रकार सुवास पण्डितलगायतले प्रशासनको ध्यानाकर्षण गराउनु भएको थियो ।
कोरोना अस्पतालमा रातीको समयमा चोरीशैलीमा स्टोरबाट सामान बाहिरिएको सिसिटिभी फुटेज सहितको समाचार प्रकाशमा आएपछि सो समाचारलाई लिएर विभिन्न माध्यमबाट पत्रकारहरुलाई धम्की आइरहेकोले सोही विषयलाई लिएर महासंघको टोलीले प्रशासनको ध्यानाकर्षण गराएको हो ।
- ADVERTISEMENT -

निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गरिने – प्रजिअ भट्टराई

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












