२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वडालाई उछिन्दै व्यक्तिको राहत

प्रकाशित मिति : २०७६ चैत्र २७ गते
टोलवासीद्वारा आनन्दमार्गमा गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्दै ।

भरतपुर । विश्व अहिले कोरोना भाइरसबाट आक्रान्त भइरहेको छ । खाद्यान्न लगायत मानिसलाई आवश्यक पर्ने सबै आवश्यकीय वस्तुहरु दिनप्रतिदिन अभाव हुँदै गइरहेको छ । सबैभन्दा बढी दैनिक ज्याला, मजदुरी गरेर खाने अति विपन्न वर्गहरु प्रभावित भइरहेको छ ।
नेपाल सरकारले विपन्न वर्ग तथा दैनिक ज्यालादारी गर्ने सबैलाई भोकै रहन नदिने भन्दै विभिन्न खाले राहतको प्याकेज कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । तर राहतभन्दा राहतपीडित बढी भएको देखिएको छ । यसबाट राहत प्याकेज कम भएको र राहतपीडित बढी भएको स्वतः बुझिन्छ ।
विभिन्न ठाउँमा वडा मार्फत राहत संचालन कार्य भइरहेको पनि छ तर वडाको राहतले नपुगी हुने खाने केही मन भएका मानिसहरुले त्यसमा थप गरेर दिइएको पाइएको छ ।
यस्तै भरतपुर वडा नं. ४ मा बिहीबार राहत लिने व्यक्ति ३५ जना हुँदा वडाबाट दिइएको राहत केवल १० जनालाई मात्र पुगेको सामाजिक अभियान्ता विमल सापकोटाले बताए । उनका अनुसार सरकारले दिएको राहत रकम न्यून भएकोले सबैलाई भाग नपुगेको बताउँछन् । वडाबाट दिइएको राहत कम भएपछि स्थानीय व्यक्ति लीलाधर खरेलबाट अन्य २५ जनालाई राहत जुटाइएको सापकोटाको भनाइ छ ।
अभियन्ता सापकोटाले राहतस्वरुप चामल, दाल, मस्यौरा, नुन, आलुलगायत रु. १ एक हजार ३ सय बराबरको एकझोला दिइएको बताए । यस्तो विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि उनले अपिल गरेका छन् ।
यसअघि पनि आनन्दमार्ग टोल सुधार समितिमा १२ घरपरिवारलाई राहत वितरण गरिएको थियो । उक्त राहत वितरणमा पनि वडाको रकम कम भएपछि स्थानीयहरुले आ–आफ्नो ठाउँबाट सहयोग गरेको स्थानीय माधव पौडेलले बताए । राहत वितरण कार्यक्रम पौडेलकै नेतृत्वमा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09