२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

राप्तीमा एक मृत फेला

प्रकाशित मिति : २०७७ बैशाख ४ गते
- ADVERTISEMENT -

भरतपुर । रत्ननगर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय निकुञ्जभित्र रहेको राप्ती नदीमा बिहीबार एकजना मृत अवस्थामा भेटिएको छ ।
मृतक रत्ननगर–७ बस्ने वर्ष ४३ का लालकुमार रावत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार निज बेपत्ता भएको आफन्तले जाहेरी दिएपछि खोजतलासको क्रममा राप्ती नदिमा भेटिएको हो । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक कमाण्डमा खटिइ गएको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाको भनाइ छ ।

- ADVERTISEMENT -