२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

युनियनद्वारा ३ लाखको पत्रकार राहत कोष स्थापना

प्रकाशित मिति : २०७७ बैशाख ८ गते

भरतपुर । नेपाल प्रेस युनियन चितवनले ३ लाख बराबरको पत्रकार राहत कोष सोमबार स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी युनियनले आन्तरिक कोषबाट रकम व्यवस्थापन गरी राहत कोषमा जम्मा गरेको युनियनका अध्यक्ष अनि ढकालले बताए ।
अध्यक्ष ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष बसन्त पराजुली रहेका छन् । यस्तै बैठकले पत्रकार सहयोग समिति समेत गठन गरेको छ ।
कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा बनेको समितिमा शुशील पन्त, हरि पौडेल रहेका छन् । कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा गठित राहत कोष अभिवृद्धि समितिमा सचिव प्रस्ताव सुवेदी, सहसचिव आशा खरेल रहेका छन् ।
अध्यक्ष ढकालले कोरोना महामारीका बेला समस्यामा परेका पत्रकारलाई सहयोग गर्न राहत कोष बनाइएको जानकारी दिए । ‘पत्रकारलाई खान, बस्न केही समस्या भए तत्कालै राहत दिने गरी तयारी गरेका छौँ’, उनले भने, ‘समस्या छन् भने खबर गर्नु, आवश्यक पहल गरिनेछ ।’ उनले सहयोग लिने पत्रकारको विवरण गोप्य राखिने भएकाले समस्याबारे जानकारी दिन आग्रह गरे । अध्यक्ष अनिल ढकालले अतिआवश्यक रिर्पो्टिङमा मात्र फिल्डमा जान अनुरोध गरे ।
‘सकेसम्म प्रविधिको सहयोग लिएर रिर्पोिर्टङ गरौँ, जानै परेपनि उच्च सावधानी सहित फिल्डमा जाउँ’, उनले भने, ‘मिडिया हाउसले पनि आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराइदिने अपेक्षा लिएका छौँ ।’ समस्यामा परेका पत्रकारले युनियन चितवनका पदाधिकारीलाई खबर गराउन सक्नेछन् ।
निवर्तमान अध्यक्ष नारायण अधिकारीले पत्रकारलाई समयमै तलब दिन समेत मिडिया हाउस समक्ष आग्रह गरेका छन् । ‘यो संकटको बेला हो, सकेसम्म तलब लिन विलम्व नगरौँ’, उनले भने, ‘पत्रकारको सुरक्षामा चासो दिनुपर्छ, आवश्यक सुरक्षा सामग्री विना फिल्डमा नपठाउँ ।’ सचिव प्रस्ताव सुवेदीले जिल्लाभित्र समस्यामा परेका पत्रकारको मूल्यांकन गरी आवश्यक सहयोग दिने गरी तथ्यांक लिने काम समेत सुरु भएको बताए ।
संकटमा परेका पत्रकारलाई सबैखाले सहयोग हुने युनियनले जनाएको छ । यसैबीच प्रेस युनियन चितवनले राहत कोषमा आर्थिक सहयोग गर्न अपील गरेको छ । खाद्यान्न, सुरक्षाका सामग्रीलगायतका सहयोगको अपेक्षा गरेको छ । अतिआवश्यक रिपोर्टिङमा खटिने पत्रकारलाई आवतजावतमा सहज वातावरण बनाउन समेत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96