काठमाडौं । बुधबारमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण थपिएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । संक्रमित हुनेहरुमा नरैनापुर गाउँपालिका–५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष र खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी धनकुटामा चार जना पुरुष र एक जना महिला रहेका छन् । जसमध्ये २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीया महिला रहेका छन् ।
यस्तै कपिलवस्तुको विजयनगरमा २२, ३५ र ४८ वर्षीया पुरुषहरु रहेका छन् भने महाराजगञ्ज गाउँपालिकामा ३, ४ र ६ वर्षका बालबालिका, १६, २५ र ३२ वर्षीया महिला र १२, २०, २४, ३४ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै नवलपरासी पश्चिमा एक जना २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्ता गाउँपालिका–५ का ती पुरुष बेलबानी क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।
त्यस्तै नेपालमा हालसम्म ४५ जना संक्रमित डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म ३५ हजार ४९४ जनामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ७५ हजार १२ जनाको आरडीटी परीक्षण गरिएको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा २ हजार ४ सय ८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बुधबार थप २५ संक्रमित, ४२७ जनामा संक्रमण, ४५ स्वस्थ
May 20, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
