२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

घाँस खेतीबाट लाखौँ आम्दानी !

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते

–नबिनबाबु मरहट्टा
भरतपुर, गौरीगंज । पशुपालनको लागि दैनिक आवश्यक पर्ने आहारा घाँसको उत्पादनबाट भरतपुर ८, गौरीगञ्ज, चितवन निवासी सावित्री ढकालले मनग्य आम्दानी गरेकी छिन् ।
पशुपालनको लागि दैनिक आवश्यक पर्ने घाँस तथा घाँस खेतीका लागि बिउ तथा विरुवा उत्पादन गर्छिन् । घाँस खेतीबाट वार्षिक लाखौँ आम्दानी गरेको ढकाल बताउँछिन् । उनी आफूलाई सफल उद्यमीको रुपमा उभ्याउन सफल छिन् । गरे के हुँदैन र मेहनत र लगनशिलता भयो जे पनि सम्भव र सफलता पाउन सकिने उनको भनाइ छ । खेतीयोग्य जमीन बाँझो राखेर शहर पस्ने वा रोजगारीको लागि विदेश पलायन हुने युवा पुस्तालाई दरिलो उदाहरण बनेकी छिन् ढकाल ।
२०७० सालमा ४ वटा नेपियरको डाँठबाट उनले घाँस खेती सुरु गरेकी हुन् । घाँस खेतीलाई उनले चितवन घाँस श्रोत केन्द्रले नामाकरण गरेकी छिन् । उनले ३० कठ्ठा क्षेत्रफलमा विभिन्न जातका सुपर नेपियर, सुम्वा सेटेरीया, पास पालम, मुलाटो, मेन्दोला, किम्बु, इन्दु, भटमासे लगायत १२ जातका बहुवर्षीय घाँस र तिनका बिउ र विरुवा उत्पादन गर्ने र सरल मूल्यमा बिक्री वितरण गर्ने गर्दै आएकी छिन् । यसरी उक्त घाँसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी गरेको उनी बताउँछिन् ।
पशुलाई अति आवश्यक पर्ने हरियो घाँसको विभिन्न किसिमका बिउ विरुवा साथै आवश्यक परेमा घाँस समेत बिक्री वितरण गर्ने लक्ष्य लिई व्यवसाय अगाडि बढाइरहेकी छिन् ।
पशुपालनको ७० प्रतिशत लागत खर्च आहारामा छ । किसानहरुले दाना चोकरको मात्र प्रयोग गर्ने भएकोले लागत बढी परी आम्दानी कम हुने गरेको उनी बताउँछिन् । घाँसलाई १२ महिनै कोषे र अकोषेलाई उत्पादन गरेर व्यवस्थापन गर्न सकियो भने उत्पादन लागत घटाई आम्दानी वृद्धि गरी पशुपालनबाट अत्यधिक मुनाफा लिन सकिने उनको बुझाई छ ।
वार्षिक घाँस वाली तालीका बनाएर घाँस खेती गरियो भने पशुलाई ताजा पोषणयुक्त आहार उपलब्ध हुने उनको भनाइ छ । अति सुपथ मूल्यमा १ रुपयाँदेखि ५ रुपयाँसम्मका घाँसका विरुवा पाइने भएकाले देशैभरिका विभिन्न प्रदेश र स्थानीय तहका कृषि सहकारी र गैर सहकारी संघ संस्थाहरु घाँसको बिउ र विरुवाको खोजी गर्दै यस चितवन घाँस श्रोत केन्द्रमा आउने उनी बताउँछिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37