२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

रुकुम हत्याकाण्डको प्रमलाई ज्ञापनपत्र

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते

राप्ती, चितवन । राप्ती नगरपालिकास्तरीय दलित समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । रुकुम पश्चिममा भएको नरसंहार हत्याकाण्डको विरोध गर्दै समितिले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिले हत्याकाण्डको घोर भत्र्सना गर्दै राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालमार्फत प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइएको सचिव गोपाल विश्वकर्माले जानकारी दिए । पत्रमा सो घटना अहिलेको युगमा पनि जातीय विभेदको चरम पराकाष्ठाको रुपमा बाहिर आएको र घटनाबाट देशभरका सिंगो ६० लाख दलित समुदाय स्तब्ध बनेको उल्लेख छ । घटनाको निष्पक्ष छानविन गरी दोषीउपर हदैसम्मको कानुनी कारबाहीको मागसमेत गरिएको छ ।
ज्ञापनपत्र बुझाउनुअघि समितिले राप्ती ५ भण्डाराचोकबाट दबाब ¥याली निकालेको थियो । र्यालीमा दलित एकता जिन्दावाद, मनोवादी सँस्कृति चाहिदैन, मान्छे मार्न पाइदैन, दलित समुदाय एक होऔ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सयौँ मानिस सहभागी थिए ।
¥याली राप्ती नगरपालिका परिसरमा पुगी कोणसभामा परिणत भएको थियो । सभामा राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रुकुम घटना दुःखद् र अक्षम्य भएको बताइन् । उनले संविधान कुल्चेर भएको सो घटनाको निन्दा गर्दै निष्पक्ष छानविन अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताइन् ।
दलित अगुवाहरुले यस्ता घटना दोहोरिन नदिन राज्य कठोर हुनुपर्ने बताए । जातीय विभेदमुक्त समाज निर्माण गर्न, सचेतना फैलाउन र समाज रुपान्तरणको आन्दोलनमा अझैपनि लाग्नुपर्ने उनीहरुको भनाइ छ । सभामा दलित समन्वय समितिका अध्यक्ष श्यामलाल बिकले रुकुममा घटेको घटनालाई बिषयान्तर गरी साम्य पार्न खोजिए माफ गर्न नसकिने बताए ।
उनले दलितको नाममा गरिएको भेदभाव र दमनको एकएक हिसाब खोजिने बताए । कार्यक्रममा विभिन्न राजनितिक दलका नेताहरु, जनप्रतिनिधिहरु तथा सरोकारवालाले रुकुम घटना अक्षम्य भएकाले दोषीउपर कडा कारबाहीको माग गरे । घटनाको विरोधमा सयौँको संख्यामा मानिसहरु भेला भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20