फुटबल भन्ने बित्तिकै जो कोहीलाई पनि अत्यन्तै चाखलाग्दो खेल हो । फुटबल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हो । फुटबल अन्तर्राष्ट्रियस्तरमै मानिने एक नम्बरको खेल हो । यो खेल प्रत्येक चार वर्षमा अन्तर्राष्ट्रियस्तरमै महामुकाबला हुन्छ, त्यो हो ‘वल्र्ड कप’ ।
त्यस्तै नेपालमा पनि फुटबललाई पहिलो दर्जामा नै राखेर हेरिने गरिन्छ । हामी कुरा गर्दैछौं ए डिभिजन संकटा क्लबका प्रख्यात राष्ट्रिय खेलाडी अमित तामाङ जसले आफ्नो जीवन नै खेलमा समर्पित गरेका छन् । २०५४ माघ ७ गते ललितपुर कुपण्डोल जन्मिनु भएका अमित आफ्नो जीवनको सबैभन्दा ठूलो सपना नै भविष्यमा देशको झण्डा लगाउने, राष्ट्रको शान र इज्जतको लागि खेल्ने रहेको बताउँछन् । घरको माइलो सुपुत्र भएको र परिवारमा खासै सपोर्ट नभएपनि उनले खेल जीवनलाई अघि बढाउँदै लगेका छन् । घरमा बुबा मात्रैको सपोर्टले गर्दा आफूलाई बल पुगेको उनी बताउँछन् ।
देश अहिले कोरोना भाइरस कोभिड १९ महामारी रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण फुटबल खेल पूरै प्रभावित भएको छ । लकडाउनका कारण फुटबलमा परेको असरमा आधारित रही प्रख्यात राष्ट्रिय खेलाडी अमित तामाङसँग न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङद्वारा गरिएको छोटो कुराकानी :
- ADVERTISEMENT -
१) तपाईको पूरा परिचय दिनुहोस् न ?
– मेरो नाम अमित तामाङ हो, पेशाले म खेलाडी, घर ललितपुर कुपण्डोल ।
२) तपाईको खेल जीवनमा कसरी प्रवेश भयो र कति वर्ष भयो ?
– मैले खेल जीवन सुरु गरेको २०१३ सालबाट हो । त्यतिखेर मैले आफ्नो देशबाट यू–१६ साफ च्याम्पियनसिप खेलेको थिएँ । त्यहीँबाट मेरो खेल यात्रा सुरु भएको हो । मैले खेल जीवनमा प्रवेश गरेको आजसम्म ८ वर्ष भयो ।
- ADVERTISEMENT -
३) ए डिभिजन संकटा क्लबबाट खेलेर कति वटा गेममा सफलता प्राप्त गर्नुभयो, कहाँ–कहाँ विजयी प्राप्त गर्नुभयो ?
– मैले संकटा क्लबबाट खेलेर धेरै त नभनौं तर जे होस् आफू सन्तुष्ट छु । मेरो टिमका फुटबल खेलाडीहरु धेरै मेहनती छन् । नेपालमा पनि संकटा क्लब भनेपछि दर्शकहरुले धेरै माया गर्नुहुन्छ । हामीले दर्शकहरुको माया पाएर पनि होला, हौसला पनि त्यत्ति नै बुलन्द भएर आउँछ । मलाई दर्शकहरुको मायाले नै खेल्न थप बल पुगेको महसुस हुन्छ । हाम्रो टिमले १) विकास रनिङ शिल्ड चितवन, २) सिमरा गोल्डकप (सिमरा), ३) तिलोतमा गोल्डकप (बुटवल), ४) ए डिभिजन लिग (द्वितीय), ५) काभ्रे गोल्डकप (काभ्रे), ६) सीईएम गोल्डकप (इन्टरनेशनल क्लब टुर्नामेन्ट) (भारत), ७) भरतपुर गोल्डकप (चितवन), ८) राइनो गोल्कडप (नवलपरासी) प्रतियोगिताहरु जितेका छौं । थाइल्याण्डमा भएको अण्डर–१७ वल्र्डकपमा क्वालिफायड भएका थियौं । यी सबै हाम्रो टिमका सफलताहरु हुन् ।
४) देश अहिले लकडाउनमा छ, लकडाउन जारी रहिरहे तपाईहरुको भविष्य के हो ?
– अहिले विश्व नै आक्रान्त भइरहेको अवस्था छ । नेपालमा मात्र नभएर विश्वमा नै त्यहाँका सरकारले लकडाउन गरिरहेको छ । कोरोना भाइरसबाट बच्नका लागि यो लकडाउन अत्यन्तै जरुरी छ । लकडाउनले गर्दा हाम्रो भविष्य मात्र नभएर देशकै अर्थतन्त्र नै प्रभावित भइरहेको छ । यसले गर्दा कति मान्छे खाना नपाएर मरिरहेको पनि सुन्न आएको छ । सरकारले गरेको लकडाउनको पालना हामी सबैले पालना गर्नुपर्छ । तर वैकल्पिक मार्ग सुचारु गर्न जरुरी भइसकेको छ । यही अवस्था जारी रह्यो भने हाम्रो भविष्यमा पूर्णविराम लाग्ने देखिएको छ । अरु त त्यस्तो अहिलेसम्म सोचेको छैन । तर पनि कामना गरौं कोरोनाको समस्यामा सुधारहुँदै जाओस् । आगामी दिन सहज हुँदै जाओस् मैले देखेको भविष्य र देशको लागि केही गरेर देखाउने मेरो सपना भगवानले पु¥याई देओस् ।
५) जारी लकडाउनका विषयमा तपाईले के विकल्प देख्नु भएको छ ?
– अब जे हुनुछ त्यो भएरै छाड्छ । अहिलेको विषम परिस्थितिमा हामी आफूलाई सुरक्षित राख्न सक्यो भने समाज सुरक्षित गर्न सक्छौं । समाज सुरक्षित रह्यो भने देश सुरक्षित बनाउन सक्छौं । भनिन्छ जे हुन्छ राम्रैका लागि हुन्छ । सायद यस्तै बेला आएको जस्तो लाग्छ । अहिलेको विकल्प भनेकै लकडाउनको पालना गर्ने, घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने नै हो । त्योभन्दा बाहिर कदापि जानु भएन । मलाई लाग्छ यी कामहरु गर्न हामी सफल भयौं भने पक्कै पनि एकदिन सफलता पाइन्छ ।
५) फुटबललाई प्रत्यक्ष असर परेको यो अवस्थामा सरकारलाई के भन्न चाहनुहुन्छ ?
– अहिले विश्वमा रहेका ठूलठूला क्लबहरुको गेम पनि स्थगित भएका छन् । कोरोनाका कारण सबै देशमा गेम ठप्प भएको छ । सरकारले जे गरेको छ राम्रै छ । कोरोना भाइरस केही मत्थर नभएसम्म घरमै बसेर सेल्फ टे«निङ गर्ने, आफूलाई फिट राख्ने, सबैले आफूलाई मेन्टेन गर्ने । समग्रमा फुटबललाई प्रत्यक्ष असर परिरहेको छ । यो बेला सरकारले हामीलाई सहज वातावरण बनाई टे«निङ गर्ने व्यवस्था मिलाउनु पर्दछ । सेल्फ टे«निङले मात्रै हामी फिट नहुने हुँदा त्यही अनुरुप सबै नियम पालनालाई ध्यानमा राख्दै फुटबललाई पनि केही खुकुलो हुन जरुरी छ ।
७) भावी दिनमा फुटबललाई सरकारले के गरी दिए हुन्छ जस्तो लाग्छ ?
– अहिले महामारीको बेला सबैले देश बचाउने अभियानतिर लाग्नुपर्छ । सरकारले पनि आफ्नो तर्फबाट सक्दो कदम चालिरहेको छ । सरकारको कदम सह्रानीय छ । फुटबललाई सरकारले पनि एउटा विकल्प खोजेर नियमित गर्ने वातावरण बनाउनु पर्ने जरुरी देखिएको छ । यसरी यही अवस्था जारी रहे फुटबलको भविष्य अन्धकारतिर धकेलिने देखिएको छ । आज झण्डै अढाइ महिना भइसकेको छ । विदेशतिर त्यहाँका सरकारले फुटबललाई नियमित गर्न आदेश दिइसकेको छ । त्यसैले हामी खेलाडीलाई पनि नेपाल सरकारले फुटबल नियमित गर्ने सहज वातावरण बनाउनतिर लाग्न जरुरी भइसकेको छ ।
८) लकडाउनका विषय तथा कोरोना भाइरसको विषयमा आमजनतालाई के सुझाव दिन चाहनुहुन्छ ?
– यो लकडाउन तपाई हाम्रै लागि हो । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले जारी गरेको यो लकडाउन हामी प्रत्येक नेपालीले पालना गर्नु पर्छ । यो महामारीलाई रोक्न हामी सबैले धैर्यवान बनी घरमै बस्नु पर्छ र कोरोना भाइरसबाट बच्न हामी सबैले सामाजिक दूरी, बेलाबेलामा हात धुने, घरमै बस्ने यो अहिलेको अत्यन्तै पालना गर्नुपर्ने विषय भएको छ । आज हामीले हाम्रो काँधमा देश बचाउने ठूलो जिम्मेवारी आइपरेको छ । आज देशलाई हाम्रो आवश्यकता छ । त्यसैले सम्पूर्ण आम जनसमुदायलाई यो विषम घडीमा सरकार र देशलाई सहयोग गर्न सुझाव दिन चाहन्छु ।
९) कोरोना भाइरस तत्कालै निर्मूल हुने अवस्था देखिँदैन, अबका दिनमा तपाईहरुले पेशालाई कसरी लैजाँदा ठीक होला ?
– हो सही कुरा, यो कोरोना भाइरस तत्काल निर्मूल हुने देखिदैँन । विश्वव्यापी रुपमा यसले विकराल रुप लिँदै गइरहेको छ । दिनप्रतिदिन विश्वव्यापी रुपमा संक्रमितहरुको संख्या बढेको बढ्यै छ । सरकारले पनि स्वास्थ्यतिर विशेष ध्यान दिनु पर्ने बेला आएको छ । यसमा हामीले पनि धेरथोर सहयोग गर्न सकिन्छ । सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, बेलाबेला साबुन पानीले हात धुने, सरसफाइमा विशेष ध्यान दिने, सरकारले जारी गरेको लकडाउनको पालना गर्ने लगायतलाई एकदमै पालना गर्नु पर्ने जरुरी देखिएको छ ।
अबका दिन हामीले हाम्रो खेललाई सामाजिक दूरी कायम गरी टे«निङ जारी नै राख्नुपर्छ । यो अहिलेको विषम परिस्थिति विश्वभर सबैलाई परेको छ । आत्तिएर भएन, बिस्तारै बिस्तारै आफ्नो कार्यतालिका नियमित राख्नुपर्ने देखिएको छ । भविष्यमा पक्कै पनि समय परिस्थिति सहज हुँदै जाला ।
१०) यसमा मैले सोध्न छुटेका र तपाईलाई लागेको केही भए थप गर्न सक्नु हुनेछ ।
– सबैलाई मेरो नमस्कार छ । हजुरहरुको फुटबल खेलाडी म अमित तामाङ यस्तो विषम परिस्थितिमा घरमै बसेर सरकारको लकडाउनको पालना गरेको छु । हजुरहरु पनि घरमै बसेर लकडाउनको पालना गरेर देशको सच्चा नागरिक भएर सहयोग गर्नुहोस् । अहिले देशलाई हाम्रो आवश्यकता छ । यो विपत्तिको घडीमा प्रत्येक नागरिकले सरकार र देशलाई बचाउने कार्यमा सहयोग गर्नुहुन मेरो विनम्र अनुरोध छ । र अन्तमा मेरो मनोभावनालाई सबैको सामू मिडिया मार्फत् पु-याउन सहयोग गरी दिनुहुने न्यूजप्रवाह डटकम परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।