२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन खबरले वार्षिकोत्सवसंँगै सुरु गरे इ–चितवन खबर डटकम

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते

भरतपुर, चितवन । मोफसलमा प्रकाशित हुने चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले नवौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव संँगै पत्रिकाले आफ्नो अनलाइन संस्करण इ–चितवन खबर डटकमको समेत शुभारम्भ गरेको सम्पादक इन्दिरा पन्तले जानकारी दिए ।
प्रमुख अतिथि पुरानो मेडिकल कलेजका सहप्राध्यापक तथा वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र सम्पादक पन्तले कम्प्युटरमा क्लिक गरी संयुक्त रुपमा अनलाइन संस्करणको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर केसीले चितवन खबर पत्रिकाले अनलाईन संस्करण समेत प्रारम्भ गरेकोमा सफलताको शुभकामना दिए ।
विशेष अतिथिका रुपमा रहनु भएका मेडिकल कलेजका सिनियर मेनेजर दुर्गा न्यौपानेले मिडियाले मेडिकल क्षेत्रमा भएको आविष्कार तथा नवीनतम प्रविधिलाई जनतासामु पु¥याउन मद्दत पुर्याउंँदै आएको बताए ।
मिडिया हाउसका निर्देशक दिपक खड्काले विभिन्न आरोह अवरोहका बीच पत्रिकाले नागरिकको सुसुचित गर्ने अधिकार र खबरदारी गर्ने विषयमा कहिल्यै विचलित नभएको बताए ।
पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले पछिल्लो समय संचार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएकोले मिडिया हाउसलाई निरन्तरता दिनु चुनौतिपुर्ण रहेको बताए । राज्यले समानुपातिक विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने तथा संचार माध्यम जोगाउने दायित्व सरकारको पनि रहेको उनको भनाइ थियो ।
महाप्रबन्धक कार्कीका अनुसार मिडिया हाउसले विभिन्न कार्यक्रम, इभेन्ट, विज्ञापन एजेन्सीको भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय तथा स्थानीय श्रष्टा तथा समाजसेवी, उद्यमी व्यवसायी, पत्रकारहरुलाई विभिन्न अवसरमा सम्मानित गर्दै आएको बताए । यसअघि लक्की मिडिया हाउसबाट संचालित चितवन खबरको भित्तेपात्रोको लोकार्पण भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20