२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुम्बाको साँस्कृतिक संग्रहालयमा १० बेडको क्वारेन्टिन

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते

–प्रिती तामाङ
भोजाड, चितवन \ भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकलाई राख्न क्वारेन्टिन अभाव हुन सक्ने देखिएपछि भरतपुरको वार्ड नम्बर–११ मा धमाधम क्वारेन्टिन निर्माण कार्य भैरहेको छ । भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बाको परिसरमा अवस्थित साँस्कृतिक संग्रहालयको भवनमा विदेश लगायत बाहिरी जिल्लाबाट आउने वडाका वासिन्दालाई राख्न दश बेडको क्वारेन्टिन कक्ष निर्माण गरिएको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई सहयोग गर्नु सबै नागरिकको जिम्मेवारी र कर्तव्य भएको बताउँदै गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङले वडाको आग्रहपछि क्वारेन्टिन स्थल तत्काल उपलब्ध गराइएको जानकारी दिए ।
गुम्बाले उत्तरदिशामा अवस्थित बौद्व सांस्कृतिक संग्रहालयको भवन क्वारेन्टिनका लागि उपलब्ध गराएको हो । वडा समिति, गुम्बा समिति, नवजीवन टोल सुधार समिति, नवजागृति सामुदायिक वन एवम् स्थानीयवासीको संयुक्त सहकार्यमा क्वारेन्टिन कक्ष तयार पारिएको उने बताए । साथै उक्त स्थानमा बिजुली बत्ती, खानेपानी, शौचालय लगायतका पूर्वाधारको राम्रो सुविधा रहेको उनले भने ।क्वारेन्टिनस्थल वरपर तारबारसहितको गेट भएको र गुम्बाको मूल भवन तथा समुदायबाट समेत सुरक्षित दुरीमा रहेकाले सो स्थान छनौट गरिएको उनको भनाइ छ । क्वारेन्टिन स्थलको सरसफाइ र व्यवस्थापनको जिम्मेवारी वार्डले लिएको छ ।
वार्ड नम्बर–११ का अध्यक्ष बाबुराम अधिकारीको उपस्थितिमा सामुदायिक वनका अध्यक्ष पुस्तक गौतम, गुम्बाका सल्लाहाकार एवं निवर्तमान चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल तामाङ, अधिवक्ता अजय कुमार तामाङ, गुम्बाका महासचिव इन्जिीनियर सुर्यप्रकाश लामा, गुम्बाका आजीवन सदस्य हर्क गुरुङ लगायतले क्वारेन्टिन स्थल निर्माण कार्यमा सहजीकरण गरेका थिए ।
यसअघि कमला मन्दिर, गणेश स्थान मन्दिर परिसरमा पनि क्वारेन्टिन निर्माण गरी सकिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94