June 25, 2024

संक्रमित पुग्यो ४०८५, निको ५८४ जना

June 9, 2020

काठमाडौँ । विश्वव्यापी रुपमा पैmलिरहेको कोरोना भाइरस नेपालमा थप ३२३ जनामा पुष्टि भएको छ । मंगलबार नियमित प्रेस ब्रिफिङमा नेपालमा ३२३ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । जसमा ५ सय ८४ जना निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -