२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

सिद्धि विनायकको स्थापना दिवसमा वृक्षरोपण तथा खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते
- ADVERTISEMENT -

भरतपुर, चितवन \ सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था भरतपुर–२, क्षेत्रपुरले बिहीबार १३औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १३औं वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले दीप प्रज्वलन साथै केक काटी स्थापना दिवस मनाएको हो । कार्यालयको परिसरमा १३ वटा पानसमा दीप प्रज्वलन गरिएको थियो ।संस्थाका अध्यक्ष थिरप्रसाद धितालले स्थापनाको १३औं वार्षिकोत्सवसम्म आइपुगेको खुशीयालीमा सम्पूर्ण शेयरसदस्य, कर्मचारी, शुभचिन्तक महानुभावहरु लगायत सबैमा आभार प्रकट गर्दै खुशी व्यक्त गरेका थिए ।
यसैबीच वार्षिकोत्सवको अवसरमा संस्थाले महानगर फलफुल तथा तरकारी बजारको परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले वृक्षरोपण शुभारम्भ गरेको उक्त अवसरमा संस्थापक अध्यक्ष, संचालक समितिका पदाधिकारी, लेखा समिति, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी संस्थाले साँझ मानव सेवा आश्रममा आश्रित ५५ जनालाई खाना खुवाइएको अध्यक्ष धितालले जानकारी गराए । सोही अवसर पारेर संस्थाले आश्रमलाई मूला ५, बन्दा ७, लौका १, काउली लगायत १५ बोरा तरकारी प्रदान गरेको उनले बताए ।

- ADVERTISEMENT -