February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनबाट थप ४ जना निको

June 15, 2020

भरतपुर, चितवन । भरतपुर कोरोना विशेष अस्पतालबाट सोमबार ४ जना डिस्चार्ज भएका छन् । दुई जना नवलपुर, १ जना नवलपरासी र १ जना चितवनका गरी ४ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालकी प्रमुख डा. शान्ति भुर्तेलका अनुसार भरतपुरका ५२ वर्षीय, नवलपुरका ४९ र १९ वर्षीय तथा नवलपरासीका १७ वर्षीय पुरुष डिस्चार्ज गरिएको हो ।
कोरोना अस्पतालमै रहेका अर्का एक संक्रमितलाई भने भरतपुर अस्पतालमा सारिएको उनले जानकारी दिइन् । यसअघि १७ जना कोरोना संक्रमितलाई कोरोना अस्पताल आइसोलेसन वार्डमा शौचालयको पानी बगेका कारण भरतपुर सारिएको थियो ।

- ADVERTISEMENT -