लामिडाडाँ । लामिडाँडा तिनघरेमा पनि उप–स्वास्थ्य चौकी भवन बन्ने भएको छ । उक्त भवन चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ को लामिडाँडामा निर्माण हुन लागेको उप–स्वास्थ्य चौकी भवनको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
चितवनको पहाडी भू–भाग समेटेर बनाइएको इच्छाकामना गाउँपालिकाको अधिकांश माथिल्लो भू–भागमा स्वास्थ्य संस्थाको पहुँच नपुग्दा स्थानीय मर्कामा पर्दै आएकाले उक्त स्वास्थ्य चौकी निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनले भने सडक बाटो भरपर्दो नभएको साथै बोकेर तल सडकसम्म बिरामी झार्न पनि असहज भएको स्थानहरुमा गाउँपालिकाले स्वास्थ केन्द्र स्थापना गर्ने क्रममा वडा नम्बर ४ मा पनि उप–स्वास्थ चौकी भवनको शिलान्यास गरी निर्माण सुरु गरिएको हो । गाउँपालिकावासी नागरिकले सहज रुपमा स्वास्थ्य सेवा गाउँमै पाओस् भन्नका लागि आफूहरु हरदम लागि परिरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
स्वास्थ्यचौकी भवनको शिलान्यास भै निर्माण सुरु भएसँगै सामान्य स्वास्थ्य समस्यामा पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षामा स्थानीय खुशी भएका छन् । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, ४ नं. वडाका वडाध्यक्ष होमबहादुर राना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -
लामिडाँडामा बन्ने भयो स्वास्थ्यचौकी, अध्यक्ष गुरुङद्वारा शिलान्यास
June 19, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -