२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ब्राहमण समाजको भवन निर्माण कार्य थालनी

प्रकाशित मिति : २०७७ असार ७ गते

चितवन । ब्राहमण समाज नेपाल चितवनले भवन निर्माण कार्य सुरु गरेको छ । गत माघ १५ देखि २३ गतेसम्म भरतपुर ९ शरदपुरमा आफ्नै जमिनमा महायज्ञको आयोजना गरी महायज्ञबाट संकलित रकमले भवन निर्माण कार्यको थालनी गरेको हो । शनिबार एक कार्यक्रमका बिच महायज्ञबाट उठेको रकमको आय व्यय सार्वजनिक गर्दै भवन निर्माण कार्यको थालनी गरेको हो ।
ब्राहमण समाज र ओम कार परिवार संयुक्त रुपमा आयोजना गरेको महायज्ञमा २ करोड १६ लाख ९१ हजार ६ सय ६२ रुपैया संकलन भएको र २१ लाख ४३ हजार २ सय ८८ रुपैया खर्च भएको महायज्ञ मूल समितिका संयोजक टंकनाथ पौडेलले बताए । त्यस्तै १ करोड १४ लाख ७ हजार ८ सय ८९ रुपैया बोलकबोल उठाउन बाँकी रहेको पौडेलले जानकारी दिए । लेखा परिक्षक भोजराज न्यौपानेले आर्थिक प्रतिवेदन मुल समितिका संयोजक टंकनाथ पौडेललाई हस्तान्तरण गरेको थियो ।
वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनमा २६ सय स्क्वायर फिटमा तिन तलाको सुबिधा युत्त भवन निमार्ण गर्न थालिएको महायज्ञ मूल समितिका संयोजक पौडेलले बताए । निर्माण हुने भवनमा दिवा सत्संग तथा योग कक्षा, धार्मिक पुस्तकालय, वृद्धवृद्धा तथा दुखीका लागि आवास सञ्चालन गरिने भवन निमार्ण समितिका संयोजक ओस्तीले बताए । आफूहरुले सबै कच्चा पदार्थ निकै सस्तो मुल्यमा गुणस्तरीय कच्चा पदार्थ खरिद गर्ने र निकै बलियो आकर्षक भवन निमार्ण गर्ने ओस्तीको भनाइ छ ।
कार्यक्रममा ब्यवसायी मुकुन्द तिमिल्सेनाले ५०० बोरा सिमेन्ट निशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए भने भट्टराईले देशभरिमै सबै भन्दा सस्तो मूल्यमा रड सिमेन्ट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36